मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल

बिकास घिमिरे, न्युजपाना

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त भएका छन् । मन्त्रिपरिषदको गत १३ गतेको बैठकले डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । उनले पत्रसमेत बुझिसकेका छन् ।

यसअघिका काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो । डा. भुसाल नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष, टिचिङ अस्पतालका नाक,कान तथा घाँटीरोग विशेषज्ञ, स्वास्थ्य अनुसन्धान परिषदका पूर्व अध्यक्ष समेत हुन् । यसअघि डा। भुसाल बङ्गलादेशका लागि पूर्व राजदुत पनि थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?