शितगंगा नगरपालिकाको प्रमुख स्वास्थ केन्द्र प्राथमिक स्वास्थ केन्द्रको कमजोर प्रशासनको कारण सेवा ग्राही प्रभावित हुने गरेका छन । प्रशासनले हरेक कृयाकलापमा ब्यवस्थापन समितिकै मुख ताक्दा सेवा प्रभाबित हुने गरेका छन । अस्पतालका कर्मचारीहरुनै मिलापमा नहुने एकले अर्काको आलोचना गर्ने यो अस्पताको सामान्य जस्तै छ समितिले निर्णय गरेका काम समेत अस्पताल प्रशासनले पालना नगर्ने गरेको पाइएको छ ।
अस्पतालमा कहिले औषधीको अभाव रहन्छ त कहिले डाक्टरको अहिले डाक्टर नियमित रहे पनि औषधीको पनि अभाव छैन तर अहिले मौषमी बिरामीले अस्पतालमा दौनिक २०० जना सम्म आउने गरेका छन अधिकांसको ल्याव सँग सम्बन्धित उपचार हुने भएकोले ल्यावको रिर्पोट आउँदा अस्पतालको फार्मेसीनै बन्द हुने गरेको सेवाग्राहीको गुनासो छ ।
स्क्रपटाइफसको लक्ष्ण देखिएकी शितगंगा २ कि एक महिलाले औषधी लिन ३ बजे फार्मेसीमा पुग्दा बन्द भइसकेको गुनासो गर्नुभयो बिमा गरेकी उहाँले औषधनै पाउनु भएन अस्पतालको ब्यवस्थापन समिति तथा शितगंगाको स्वास्थ शाखाले ५ बजे सम्म अस्पतालमा कर्मचारी हुने बताउने गरे पनि डाक्टर र केही कर्मचारी बाहेक अधिकांस कर्मचारी ३ बजे पछि अस्पतालमा भेटदैन्न अस्पतालमा २१ जना कर्मचारी छन ।
अस्पताल परिसरमा अहिले फोहोर र झाडी छ शौचालय फोहोरको डंगुर बनेको छ भने अस्पतालका पलास्टिकजन्य फोहोर समेत नजिकै आगो लगाउने गर्दा भर्ना भएका बिरामी प्रभाबित हुने गरेका छन । यता अस्पताल ब्यवस्थापन समितिले फर्मेसीका कर्मचारीको लापरवाहका कारण सेवाग्राहीले दुख पाएको गुनासो आए पछि उत्त कर्मचारीलाई सेवा प्रभावित नगर्न निर्देशन समेत दिएको जनाएको छ ।