गोर्खा बुढीगण्डकीको बाढीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकोप्टर परिचालन भएको छ । गृहमन्त्री सुदन गुरुङ प्रभावित क्षेत्रमा हेलिकोप्टर परिचालन भइसकेको र नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा रहन पनि उनले आग्रह गरेका छन् ।
गोरखाको चुमनुब्री गाउँपालिका वडा नं.३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टरहरू घटनास्थलमा परिचालन भइसकेका छन्। आपतकालिन सहायताका लागि गृह मन्त्रालयको १२३४ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।


