३ बर्ष भित्र फेरि चिनि मिल सञ्चालन  गर्छु : बिरेन्द्र कनौडिया

अराज बेल्बासे कपिलवस्तु –नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर ३ का उम्मेदवार बिरेन्द्र कनौडियाले किसानको मागअनुसार तीन वर्षभित्र चिनी मिल पुनः सञ्चालनमा ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

जवाबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यही भूमिबाट फेरि चिनी मिलको साइरन बजाउने घोषणा गरेका हुन्।चुनावी सभामा बोल्दै कनौडियाले कपिलवस्तुका किसानको  माग अनुसार बन्द रहेको चिनी मिल सञ्चालनमा ल्याउनु उल्लेख गर्दै अबको तीन वर्षभित्र मिल पुनः सञ्चालनमा ल्याउने स्पष्ट योजना बनिसकेको बताए।उनले विगतमा पटक–पटक कपिलवस्तुबाट निर्वाचित भएका सांसदहरूले किसानको समस्या समाधानमा गम्भीर चासो नदिएको आरोप लगाउँदै अब पुराना पटक पटक जितेका अनुहारबाट कुनै आशा नगर्न मतदातालाई आग्रह गरे।

कनौडियाले विपक्षीहरूले चिनी मिलको विषयलाई लिएर भ्रम फैलाउन खोजिरहेको आरोप पनि लगाए। वास्तविक किसानलाई चिनी मिलबाट कुनै रकम बाँकी नरहेको दाबी गर्दै उनले यदि कसैको रकम बाँकी रहेको प्रमाणसहित देखाएमा तीन गुणा रकम तिर्न आफू तयार रहेको घोषणा गरे।

“पटक–पटक चुनाव जितेर सरकारमा हुँदा पनि सरकारले दिनु पर्ने किसानको रकम दिन पहल गर्न नसक्नेहरूले अहिले भ्रम छर्न खोजिरहेका छन्,”

यस विषयमा क्षेत्र नम्बर ३ का  एमालेका नेताहरूले समेत आन्तरिक रूपमा छानबिन गरिरहेको जनाइएको छ। कपिलवस्तु क्षेत्र नम्बर ३ का एमाले नेताहरू एक स्वरमा किसानको हकहितमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको दाबी गरिएको छ। आवश्यक परे बक्यौता तिराउन सबै तयार रहेको उनीहरूको भनाइ छ।

न्ह
उनले विकासका रोकिएका परियोजनाहरूलाई पहिलो प्राथमिकतामा अघि बढाइने प्रतिबद्धता दोहोर्‍याए।उनका अनुसार, चिनी मिल पुनः सञ्चालनसँगै यस क्षेत्रमा इन्जिनियरिङ कलेज स्थापना, रंगशाला निर्माण, प्राविधिक शिक्षालय सञ्चालन, आधुनिक अस्पताल निर्माण तथा किसानका लागि प्रभावकारी सिँचाइ प्रणाली विस्तार जस्ता योजनाहरू अघि बढाइनेछ। यी सबै परियोजना विगतमा विभिन्न कारणले रोकिएका भए पनि अब प्राथमिकताका साथ कार्यान्वयनमा लगिने उनले बताए।
कनौडियाले कृषि नै कपिलवस्तुको मुख्य आधार भएको उल्लेख गर्दै किसानको आय वृद्धि र रोजगारी सिर्जनाका लागि चिनी मिल सञ्चालन अत्यावश्यक रहेको धारणा राखे। मिल सञ्चालन भएसँगै स्थानीय स्तरमै रोजगारी सिर्जना हुने, किसानले उत्पादनको बजार सुनिश्चित पाउने र समग्र आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे।कार्यक्रममा सहभागी स्थानीय किसानहरूले समेत चिनी मिल पुनः सञ्चालनको माग दोहोर्‍याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?