उखु किसानको रकम कानमा छोपेर उठाइन्छ : प्रचण्ड

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जिताएमा प्रत्यक्ष निर्वाचन  राष्टप्रमुख ब्यवस्था ल्याउने बताउनु भएको छ ।
कपिलवस्तु क्षेत्र नम्बर ३ अन्तर्गत कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनमार्फत दलित, मुस्लिम लगायत उत्पीडित समुदायका अधिकार अझै सुदृढ गर्ने प्रतिबद्धता जनाउनु भयो।
नेपाली कम्युनिस्ट पाटीका संयोजक  प्रचण्डले अहिलेको संविधान अपूर्ण रहेको उल्लेख गर्दै  “हामीले धेरै संघर्षपछि संविधान बनायौं, तर अझै पनि दलित, मुस्लिम, सीमान्तकृत समुदायका अधिकारलाई पूर्णरूपमा सुनिश्चित गर्न संशोधन आवश्यक छ। त्यसका लागि नेकपाको बलियो उपस्थिति अनिवार्य छ।
कपिलवस्तु क्षेत्र नम्बर ३ बाट पार्टीका उम्मेदवार अहेसान खानलाई विजयी गराउन आग्रह गर्दै उँहाले उखु किसानको बक्यौता रकम नतिर्ने उद्योगीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो। “किसानको पसिनाको मूल्य नदिनेहरूलाई कानमा समाएर भए पनि रकम तिराइन्छ,” उँहाले भन्नू भयो ।राजनीतिक इच्छाशक्ति कमजोर हुँदा समस्या आएको हो। अब त्यो अन्त्य हुन्छ।”
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशलाई लोडसेडिङ मुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको दाबी  गर्दै  ऊर्जा क्षेत्रमा गरिएको लगानी, प्रसारण लाइन विस्तार र नीतिगत सुधारका कारण देश अँध्यारोबाट उज्यालोतर्फ गएको  उल्लेख गर्नुभयो ।
यसैगरी  मिटरब्याज पीडितलाई न्याय दिन सरकारले पहल सुरु गरेको दाबी गर्दै  मिटरब्याजको नाममा हुने अन्याय अन्त्य गर्न कानुनी र प्रशासनिक प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?