इलाका प्रशासनको माग गर्दै शितगंगाको सर्वपक्षीय टोली सिंहदरबारमा

बिक्रम आचार्य

 

अर्घाखाँचीको शितगंगाको सर्व पक्षीय टोली ठाडामा इलाका प्रशासन कार्यालय  स्थापनाको माग गर्दै  सिंहदरबार पुगेको छ।

नेपालकै सबैभन्दा ठूलो क्षेत्रफल भएको स्थानीय तहका रूपमा रहेको शितगंगा नगरपालिकाको भूगोल, सेवा क्षेत्र, जनसङ्ख्याको वितरण, प्रशासनिक पहुँच, दूरी, सेवाग्राहीको आवागमनमा पर्ने आर्थिक तथा सामाजिक भारका कारण इलाका प्रशासन कार्यालय अति आवश्यक रहेको गृहमन्त्री ओम प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

स्थानीय शान्ति सुरक्षा, नागरिकता र पासपोर्ट जस्ता प्रत्यक्ष प्रशासनिक सेवालाई पहुँचयोग्य बनाउन यस नगरपालिकाको ठाडामा इलाका प्रशासन कार्यालय स्थापना गर्नु अत्यन्त आवश्यक रहेको भन्दै नगर प्रमुख छविलाल पौडेलको नेतृत्वमा उपप्रमुख गिता भाट प्रमुख प्रसासकिय अधिकृत कृष्ण सापकोटा वडाअध्यक्ष हरु कार्यपालिका सदस्यहरु पुगेको टोलीले गृहमन्त्री अर्थमन्त्री मुख्य सचिवको ध्यानाकर्षण गराएको हो।

सेवाग्राहीको पहुँच, स्थानीय प्रशासनिक सेवाको उपलब्ध गराउने राज्यको दायित्वका आधारमा शितगंगा नगरपालिका, ठाडामा इलाका प्रशासन कार्यालय स्थापना गरिदिनुहुन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?