३ वटा अवैध भरुवा बन्दुक सहित मानिस पक्राउ

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर १२ खुम्चिकोटबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक दिपक सिंह विष्टको नेतृत्वमा विशेष सूचनाको आधारमा खोज्दै जाँदा एउटा बन्दुर त्यसमा प्रयोग हुने बिभिन्न सामाग्री सहित ३६ बर्षिय सन्दिप बहादुर कामी लाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका व्यक्तिले आफ्नो घरमा लुकाईछिपाई राखेको अवस्थामा एउटा भरुवा बन्दुक, छर्रा, बारुद, टुक्रिएको बन्दुकको भाग, बारुद राख्ने बोतललगायतका हतियार सामग्री फेला पारेको प्रहरी निरिक्षक विष्टले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ। पक्राउ परेका व्यक्ति र बरामद सामग्री प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहको छ । अनुसन्धानका क्रममा अन्य बन्दुक पनि हुन सक्ने आशंकामा खोज्न जाँदा गाँउ देखि तल खरेनको ओडारमा समेत २ वटा बन्दुक फेला परेको थियो । बरामद सामग्रीमा २ थान भरुवा बन्दुक, फलामको छर्रा ३२ थान, विस्फोटक पदार्थ बारुद ४२४ ग्राम, सिसाको टुक्रा ४३ थान, केप ६ थान, प्लास्टिकको बोतल, र साइकलको स्पोक प्रयोग गरिएको पत्ता २ थान छन्। उक्त व्यक्तिविरुद्ध हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा अघि बढाएको प्रहरी निरिक्षक विष्टले नानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?