शितगंगामा नक्कलि नोट सहित १ जना पक्राउ

 

शितगंगा, अर्घाखाँची – शितगंगा नगरपालिका वडा नं. १२ ठुलोढोडेनीस्थित गोरुसिंगे-सन्धीखर्क सडक खण्डमा जिल्ला  प्रहरी कार्यालयबाट गस्तिमा   खटिएको प्रहरीले नक्कली भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ घर भई हाल शितगंगा नगरपालिका वडा नं. १ बस्ने १९ वर्षीय दिपक राना भन्ने यान बहादुर बस्नेत क्षेत्री रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, उनलाई शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा २,००० दरका नक्कली भारतीय नोट फेला परेको थियो। पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?