अर्घाखाँची जिल्ला न्यायिक सञ्जालको तेस्रो बैठक सम्पन्न

न्यजपाना शितगंगा ,अर्घाखाँची जिल्ला न्यायिक सञ्जालको तेस्रो बैठक मालारानी गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ। बैठकले जिल्लाका ६ वटै पालिकामा भएका न्यायिक गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना तय गरेको छ। बैठकले फागुन महिनाको पहिलो हप्ताभित्र सन्धिखर्क नगरपालिकाको आयोजनामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ।

यस सम्मेलनले जिल्लाका न्यायिक प्रणालीलाई थप सुदृढ बनाउँदै स्थानीय तहबीच समन्वय अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। बैठकमा न्यायिक सञ्जालका सदस्यहरू, स्थानीय तहका प्रतिनिधिहरू, कानून व्यवसायी, तथा नागरिक समाजका व्यक्तिहरूको सहभागीता रहेको थियो।

सहभागीहरूले न्यायिक प्रक्रियामा देखिएका चुनौती र तिनको समाधानका उपायहरूबारे गहन छलफल गरेका थिए। यस निर्णयसँगै, न्यायिक सञ्जालले आगामी दिनमा समुदायको न्यायमा पहुँच सुनिश्चित गर्ने कार्यलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?