शितगंगा नगरपालिका-१३ मा पहिरोले गोठ च्याप्दा एक जना पुरिए

शितगंगा नगरपालिका १३ भंगलामा आज बिहान आएको पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। पहिरोले एक गोठलाई च्याप्दा एक जना व्यक्ति पहिरोमा पुरिएका छन्। साथै, केही चौपाय पनि यस दुर्घटनामा परेका छन्।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रबिन्द्र चन्द्रका अनुसार, घटनास्थलमा उद्धार कार्य जारी छ। पुरिएका व्यक्तिहरूलाई निकाल्ने प्रयास भइरहेको उहाँले बताउनु भयो । पहाडको फेदीमा आएको पहिरोले गोठलाई च्यापेर यो क्षति पुर्याएको हो ।

स्थानिय विष्णु थापाको घरमाथीबाट एक्कसी पहिरो खस्दा गोठ सहित केही पशु र निज थापालाइ पहिरोले पुरेको थियो । पहिरो खस्न लाग्दा गोठमा रहेका बस्तुभाउ फुकाउन जान खोज्दा उनलाइ समेत पहिरोले च्यापेको थियो । लामो समय पहिरोले पुरिएकोले जिविदै उद्धार गर्न सक्ने अबस्था नरहेको अनुमान रहेको छ ।

निरन्तर पानी परिरहेको छ, जसले उद्धार कार्यमा थप चुनौतीहरू उत्पन्न गरेको छ। स्थानीय प्रशासनले पहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?