प्ले स्टोरमा पुन आयो इसेवा

 

नेपालको प्रसिद्ध डिजिटल वालेट सेवा ईसेवा अब पुनः गुगल प्ले स्टोरमा उपलब्ध भएको छ। केही दिन देखी प्ले स्टोरमा अनुपलब्ध रहेको ईसेवाले व्यवसायिक भेरिफिकेसन समस्यासँग सम्बन्धित चुनौतिहरूलाई समाधान गरी एप पुनः अपलोड गरेको हो।

प्रयोगकर्ताले अब सहजै आफ्नो एन्ड्रोइड मोबाइलमा ईसेवाको एप डाउनलोड गर्न र प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार, ग्राहकको पैसा सुरक्षित छ र पूर्ववत् सेवाहरू यथावत् चलिरहेको छ।गुगल प्ले स्टोरबाट ईसेवाको एप अस्थायी रूपमा गायब भएको थियो, जसको कारण बिजनेस भेरिफिकेसनमा गडबडी भएको हो।

नाम परिवर्तन र डुन्स नम्बर अपडेटको समस्याले गर्दा गुगलले एप हटाएको थियो। अब, समस्या समाधान भइसकेको छ र ईसेवाको एप पुनः प्ले स्टोरमा उपलब्ध भएको छ। ग्राहकहरूको पैसा सुरक्षित छ र एपका सेवाहरू यथावत् जारी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?