३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

बाणगंगाधाममा महाराजको आर्थिक सहयोग

रेडियो शितगंगा बैसाख ५
ज्योती भबिश्वर बहुमुखी क्याम्पसको आयोजनामा भइरहेको महायज्ञमा प्रमुख वाचक विश्व बिख्यात बाल योगेश्वोर श्री बिजय कृष्ण मुर्तीजी महाराजले शितगंगा ४ को प्रख्यात बाणगंगाधामको दर्शन गर्नु भएको छ । ऐतिहासिक क्षेत्रको अवलोकन र दर्शन गर्दै बाणगंगाधाम समितिलाई मानव सेवा आश्रमको तर्फबाट रु ५१००० सहयोग गर्नु भएको छ । सामाजिक क्षेत्रमा कृयाशित मानवसेवा आश्रमको तर्फबाट महाराजले ज्योती भबिश्वर बहुमुखी क्याम्पसलाई समेत एक लाख सहयोग गर्नु भएको छ साथै महासाजले महायज्ञबाट क्याम्पस बनाउन लागिएकोले आफ्नो समेत कुनै खर्च नलिने बताउनु भएको छ। महाराजलेनै सहयोग गरे पछि शितगंगाबासी खुशी बनेका छन ।
शितगंगा नगरपालिका वडा नम्बर ४ मा पर्ने बाणगंगाधाम प्रसिद्ध बाणगंगा नदिको उद्धगम स्थल हो । यहाँ हरेक शिबरात्री,रामनममीमा बृहत पुजा हुने गर्छ भगवान रामले बाणहानी पानी निकालको आरि रहेको बिश्वास यहाँ छ सो कारण आरिपानी समेत यो ठाउलाइ भन्ने गरिन्छ । उक्तआरीमा सयो गाँइ हरुले एकैसाथ पानी खादा पनी कहिले पानी नघट्ने गरेको समेत स्थानिय वृद्धहरुको भनाई छ यहाँ पुजाआजा गर्न जिल्लाभित्रका भन्दा अन्य जिल्लाका र सुपादेउराली जाने भारतका धार्मिक प्रयटकहरु बढि जाने गर्छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?