अपाङ्गता भएका ब्यक्तिलाई शिपमुलक तालिममा सहभागि बनाउछौं ः नगर प्रमुख पौडेल

न्यूजपाना, शितगंगा

शितगंगा नगरपालिकामा अपाङ्गता समावेशी विकास र अपाङ्गता परिचय पत्र निर्देशिका र अपाङ्गता सम्बन्धि अन्य कानुनी प्रावधानहरुको विषयमा स्थानिय सरकारका प्रतिनिधिहरु सँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयको सहयोग राष्ट्रिय अपाङ्ग महासंघको आयोजना तथा देउराली अपाङ्गता उत्थान समाजको साझेदारीमा कमर्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपांङ्गता भएका ब्यतिको समान सहभागीता ,आदार स्वभिमान, समाबेसी सञ्चार ,अवरोधपुर्ण वातावरण,अर्थपूर्ण सहभागिता अपाङ्गता प्रति ३ तहको सरकारको दायित्व लगायतका बिषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अघिकृत अर्जुन शर्माले अपांगता भएका ब्यतिहरुको समानता मात्र नभइ समताको तरिकाले समान सहभागिता गराउन पर्ने बताउनु भयो । भवन निर्माण तथा नगरका खेलकुद जस्ता कृयाकलापमा समेत सहभागी गराउन सकिने गरि आगामी दिनमा अघि बड्ने बताउनु भयो । आधारभुत सेवामा थप सेवा दिन सक्ने गरि भौतिक निर्माण तथा नीति बनाउदा समेत समाबेस गर्न सक्नु पर्ने बताउनु भयो । बहु सरोकारवालाको भुमिकाबिहिन अपांगता भएका ब्यक्तिको बिकास हुन नसक्ने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनु भयो ।

यस्तै नगर प्रमुख छबिलाल पौडेलले अपांगता भएका ब्यतिको सधै नगरपालिका साथमा रहेको बताउनु भयो । अपाङगता भएका ब्यतिलाइ सहभागि गराउने गरि उद्धमशिलताको कार्यक्रम अवको नीति कार्यक्रममा समावेस गरेर आत्मनिर्भर गराउने गरि काम गर्ने बताउनु भयो ।

यस्तै उपमेयर गीता भाटले अपांगता भएका ब्यतिको लागि कस्ता कार्यक्रम गर्दा प्रभावकारी हुन्छ अहिले नै सुझाव दिएर नँया नीति कार्यक्रममा समावेस गर्न सकिने बताउनु भयो । संविधान र कानुनले दिएका अधिकार बाट कोहि बन्चित हुन नहुने भाटले बताउनु भयो । कार्यक्रममा अपांग महासंघ प्रदेश अध्यक्ष हुमनाथ अधिकारी तथा राष्ट्रिय अपांग महासंघका अनुसासन समिति अध्यक्ष देवि बहादुर पोख्रेलले सहजिकरण गर्नु भएको थियो ।

साथै नगरपालिकाले अपांगता भएका ब्यतिको अधिकारका ऐन निर्माणका लागि अपाङ्गता भएका विभिन्न ब्यति ,शिक्षक लगायतसँग अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको देउराली अपाङ्ग उत्थान समाजका अध्यक्ष तारापती क्षेत्रीले बताउनु भयो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष ,विभिन्न शाखाका शाखा प्रमुख ,शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?