सबै क्षेत्र सँग सुझाव लिएर बजेट ल्याउन पूर्व सासद क्षेत्रीको सुझाव

पूर्व सांसद निर्मला क्षेत्रीले लुम्बिनी प्रदेश सरकारले बजेट तथा योजना तर्जुमाका लागि सबै क्षेत्रहरूलाई सहभागिता गराइ बृहत रुपमा छलफल तथा अन्तक्र्रिया गरेर जानुपर्ने सुझाव दिन दिनुभएको छ । लुम्बिनीमा आन्तरिक स्रोत कम भएको र संघबाट आउने अनुदान समेत घटेर आउने संकेत देखिएपछि प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याउन लागेको देखिन्छ ।

नेपाली काङ्ग्रेस संसदीय दलको पुर्ब सचेतक समेत रहेकी उहाँले संघीयताको मर्म अनुसार प्रदेशको औचित्य र यसलाई बलियो बनाउने गरि बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो, प्रदेशलाई समृद्ध प्रदेश आत्मनिर्भर प्रदेश बनाउने लक्ष्य बमोजिम पूर्वाधार भन्दा उत्पादनमुखी केन्द्रित बजेट भएमात्र युवायुबती पलायन हुनबाट रोक्न सकिन्छ । यसप्रति सरकारको ध्यान जान जान जरुरी छ ।

नेपाली काङ्ग्रेस महासमिति सदस्य क्षेत्रीले प्रदेश सभासदले योजना छनोट गर्दा बिगतका बर्षहरूमा मुख्यमन्त्री र मन्त्रीहरूले सत्तालाई दुरूपयोग गरि आफ्नो निर्वाचन क्षेत्रमा बजेट फिजाउने अन्य सभासदहरू र जिल्लालाई निरासा बन्ने परम्परा निरुत्साहित गरी जिल्लाहरुको आबश्यकता आधारमा बजेट बिनियोजित गर्नुपर्ने आबश्यक देखिएको बताउनुभयो । नेता क्षेत्रीले भन्नुभयो, अनुमानित राजस्व अपेक्षा गरेर हचुवाकै भरमा बजेट नल्याइ खर्च हुने गरि बजेट ल्याउदा उचित हुनेछ । लुम्बिनी प्रदेश सरकार यतिबेला बजेट तथा नीति कार्यक्रमको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?