बग्रका बाजे मन्दिरमा पुगे हजारौ भक्तजन

संगिता पौडेल / न्यूजपाना,शितगंगा

शितगंगाकै प्रशिद्ध बग्रका बाजे मन्दिरमा आज हजारौ दर्शनार्थी पुगेका छन । शितगंगा नगरपालिका वडा न १ मा रहेको उक्त मन्दिरमा बर्षमा तीन पटक असार , मंसिर पुर्णिमाको दिनमा र बैशाख पुर्णिामामा हरेक वर्ष विशेष पुजा हुने गर्दछ । यश स्थानमा आज जिल्ला भित्र तथा जिल्ला बाहिरका हजारौ भक्तजन पुजा गर्न पुगेका छन ।

आज अधिकारीहरुको कुलपुजा र अन्यको विभिन्न भाकलको आधारमा सयौ भक्तजन त्यहा पुग्छन । बर्षमा एक दिन मात्र भब्य पुजाहुने यस मन्दिरमा भाकल गरेको पूरा हुने बिश्वासमा विभिन्न स्थानबाट आज त्यहाँ पुग्दछन । वग्रकाबाजे मन्दिर पुगेका भक्तजनहरु राजारानी गुफाको समेत अवलोकन गरेका छन यी दुबै स्थान वडा नम्बर एक का प्रमुख प्रर्यटकिय गन्तव्य हुन ।

शितगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मान बहादुर सिंजापतीले प्राप्त बजेटको अभावमा प्राप्त प्रचार प्रसार तथा निर्माणका काम हुन नसक्दा महत्वपुर्ण स्थल ओझेलमा परेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?