मेसिन प्रयोग गरी खयरभट्टी खोलाको चरम दोहन भएको गुनासो

अर्घाखाँचीको सितगंगा नगरपालिकामा रहेको खयरभट्टी खोलामा प्रतिबन्द्ध लगाइएको मेसिन प्रयोग गरेर नदिजन्य पर्दाथको चरम दोहन भएको छ ठेकदार कम्पनी नियम बिपरित मेसिन प्रयोग गरेको हो ।कपिलवस्तु नगरपालिका ३ तौलिहवा निवासी ठेकेदार अजय तिवारीको नाममा दर्ता रहको तिवारी निर्माण सेवाले खयरभट्टी खोलामा मेसिन प्रयोग गरी डम्पीङ गरेको छ । तिवारी निर्माण सेवाले ठेक्का लागे देखि अनियन्त्रित दोहन गर्दै रातीको समयमा समेत मेसिन चलाउदै आएको स्थानीयको भनाई छ ।

एक्साभेटर नै चलाएर नदिजन्य पर्दाथ निकाल्दा नदिमा खाडल नै भएको छ । पटक पटक सरोकारवाला निकालयलाई अनुगमनका लागि अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको वडाबासीको गुनासो छ ।अनियन्त्रीत नदी दोहने नदिमा ठुला ठुला खाल्टा खुल्टी समेत बनेका छन । खोलामा अनियन्त्रित रुपमा नदिजन्य पदार्थ निकासा गरेकोले आवश्यक अनुगमन र कारबाहीको प्रकृया अघि बढाउन स्थानीयले माग गरेका छन् ।सितगंगा नगरपालिकाले ठेक्का नम्बर २७ आन्तारिक आम्दानी ३ क्युफिट २ लाख २० हजार परिमाणको रु १ लाख ७९ हजार रुपियाँ कायम गरिएको छ ।त्यस्तै गरी ठेक्का नम्बर २६ आन्तारिक आम्दानी ५ क्युफिट १६ लाख परिमाणको रु १ करोड ७ लाख ७० हजार कायम गरिएको छ । सितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जून शर्माले खोलामा मेसिन चलेको बारे गुनासो आएको र अनुगमन गरि कारवाही गरिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?