लगानी सम्मेलनको शितगंगाको योजनाको प्रतिनिधित्व

तेस्रो लगानी सम्मेलन काठमाडौमा सम्पन्न भएको छ । लगानी सम्मेलनको सोकेसमा देशभरका १ सय ५२ परियोजना राखिएका थिए जसमा शितगंगाा नगरपालिकाले प्राथमिकतामा साथ पेश गरेको नगरको योजना साउनेथुम पदयात्रा वाइटवाल परियोजनाको सोकेसमा रहेको थियो भने सब्दु चुनढुंगा क्षेत्र र नौमुरे आयोजना समाबेस थिए । शितगंगाको परियोजाको सम्मेलनमा सहभागी सहभागी स्वदेशी तथा बिदेशी लगानीकर्ताहरु सँग लगानीको वातावरणको सम्भावना सहित लगानीका लागि आर्कषण गर्न शितगंगा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा तथा प्राबिधिक प्रमुख बिबेक केसीले प्रतिनिधित्व गर्दै सहभागी हुनु भएको छ  ।

शितगंगा नगरपालिकाले प्रर्यटन र पर्यापरावरणको क्षेत्रमा लगानी गर्न आर्कर्षित गर्ने उदेश्यले शितगंगा २ मा रहेको यस क्षेत्रकै उच्च स्थल साउनेथुमलाई सिफारिस गरेको थियो देशभरबाट भएका हजारौ योजना मध्ये साउनेथुम सोकेसमा पर्नुले पनि यो लगानीको लागि सम्भाब्यस्थलको आधार रहेको मान्न सकिने योजना शाखा अधिकृत नुमलाल खनालले बताउनु भयो । योजनाको प्रसस्त सम्भावना र लगानी गर्न बातावरण रहेको प्रतिबेदन मेहनतका साथ पेश गरिएकोले लगानीकर्ता भित्राउन सकिने आशा रहेको अधिकृत खनालले बताउनु भयो । सुपादेउराली मन्दिरमा आउने लाखौ भत्तजनहरु र प्रकृति सँग रमाउने र शाहसिक प्रर्यटकहरुलाई साउनेथुममा पुराएर गर्न सकिने आम्दानी लाई आर्कषक योजना बनाएर लगानी गर्न बिदेशी तथा स्वदेशी लगानीकर्तालाई लगानी सम्मेलनमा शितगंगा नगरपालिकाले आर्कषित गर्ने प्रयास छ ।

अहिले पनि शितगंगा नगरपालिकाले वाइटवाल निर्माणमा काम सुरु गरेको छ त्यँही रहेका ढुंगा बिछाएर सिँढीहरु निमार्ण गरेर शितगंगाका अधिकांस स्थल र हिमाल देखी तराइका फाँट सम्म देखिने मनोरम प्राकृतिक आनन्द दिने यो स्थान करिव २३ सय मिटर उचाइ छ त्यँहा पुग्ने सिडि बनाएर प्रर्यटकहरुलाई पदयात्रा र अन्य जिपलाइन देखि केबुलबार सम्मका सम्भावना यस स्थलमा छन लगानी सम्मेलनमा सुपादेउराली सँग साउनेथुम सम्म जोडेर लगानी गरेर आम्दानी गर्न सकिने प्राप्त सम्भावनाहरु लगानीकर्ताहरु सामु प्रमुख प्रासकीय अधिकृत अर्जुन शर्मा तथा प्राबिधिक प्रमुख बिवेक केसीले प्रस्तुत गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?