गण्डकी प्रदेशका नगरपालिका मध्ये गैँडाकोट नगरपालिका सबैभन्दा उत्कृष्ट

न्यूजपाना , शितगंगा

आर्थिक वर्ष २०७९।०८० को कार्यसम्पादन मुल्याँकनमा गण्डकी प्रदेशका नगरपालिका मध्ये गैँडाकोट नगरपालिका सबै भन्दा उत्कृष्ट नगरपालिका बनेको छ । राष्टिय प्राकृतिक श्रोत तथा बित्त आयोग बाट स्थानीय तहको कार्य सम्पादनमा आधारित अनुदानमा सिफारीस प्रयोजनका लागी १७ ओटा सुचकहरुको कार्य सम्पादन मुल्यांकनमा गैँडाको नगरपालिका उत्कृष्ट बन्न सफल भएको हो ।

गण्डकी प्रदेशका नगरपालिका मध्ये गैँडाको नगरपालिका ४८.२३ अंक प्राप्त गदै प्रथम भएको हो । प्रदेश अन्तर्गत सबै स्थानीय तह नगरपालिका र गाउँपालिका मध्ये दोश्रो स्थानमा रहेको छ । यस्तै नवलपुरमा पनि गैँडाको नगरपालिका सबै भन्दा उत्कृष्ट स्थानीयतह बनेको छ ।

देश भरका ७५३ स्थानीयतहमा गैँडाकोट नगरपालिका १९ औं स्थानमा र २९३ नगरपालिकाहरु म छैंठौ स्थानमा रहेको छ । गैडाकोट नगरपालिका पछि क्रमश देवचुली नगरपालिका , मध्यविन्दु नगरपालिका, बौदीकाली गाउँपालिका , हुप्सेकोट गाउँपालिका, विनयीत्रिवेणी गाउपालिका, बुलिगंटार गाउपालिका र कावासोती नगरपालिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आयोगले प्रदेश तथा स्थानियतहको कार्यसम्पादन मुल्यांकन विधी २०७८ अनुसार मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आउँदो आर्थिक वर्षको लागि आय÷व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलगायतका विषय जस्ता सुचकहरुका आधारमा मूल्याङ्कन गरीएको र यी विषयमा गैँडाकोटको कार्यसम्पादन उत्कृष्ट रहेको गैँडाकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?