शितगंगामा दादुरा रुवेला खोप अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न

विक्रम आचार्य शितगंगा

अघखाँची जिल्लाको शितगंगा नगरपालिका को स्वास्थ्य शाखाको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम दादुरा रुवेला खोप अभियान २०८० / ०८१ को पालिका स्तरिय खोप समन्वय समितिको उपस्थितीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता रहेको थियो नगर उपप्रमुख गिता भाटको विशिष्ट आथिथ्यता साथै उपस्थित वडा अध्यक्ष् , कार्यपालिका सदस्य शिक्षा साखाका प्रमुख विनोद पोख्रेल लगायत विभिन्न शाखाका प्रमुख माध्यमिक विद्यालयका प्रअ तथा प्रतिनिधी क्लव स्वयम सेविका पत्रकारको उपस्थिती रहेको थियो ।

खोप अभियानको विभिन्न शिर्षकमा रहेर खोपको विगतको अवस्था अहिलेको अवस्था र आगामी दिनमा यो अभियानलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाएले खेल्ने भुमिकाको वारेमा स्वास्थ्य शाखा संयोजक दमोदर ढकालको प्रष्ट पार्नु भएको थियो ।
सो कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले सो खोप अभियान सफल बनाउन सबै पक्ष लाई एक भएर लाग्न अनुरोध गर्नु भयो ।

सुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताले आफ्नो क्षेत्रवाट भरपुर सहयोग गर्नेमा जोड दिएका थिए । कार्यक्रम स्वास्थ्य शाखा सह संयोजक लक्ष्मण पौडेलको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?