शितगंगामा काम नगरे पछि भुसाल कन्ट्रक्सनको ठेक्का रद्ध

शितगंगा नगरपालिकामा केही मुख्य योजना ५ बष देखि अलपत्र पार्ने भुसाल कन्ट्रक्सनको ठेक्का रद्ध हुन थालेका छन । ठेक्का लिएर लामो समय सम्म काम गर्न नआए पछि शितगंगा नगरपालिकाका मेयर छबिलाल पौडेल र वडा नम्बर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारीले ठेक्का रद्ध गर्न कार्यालयमा पटक पटक पत्र काट्नु भएको थियो गत बर्ष पनि डमरु दहको काम नगरेको भन्दै ठेक्का रद्ध गर्न वडा अध्यक्षले कार्यालयलाई अनुरोध गरे पछि प्रकृयामा जान खोज्दा भुसालले काम गर्ने भन्दै केही सामान झारे पछि काम गर्न थालेको भन्दै निरन्तरता दिइएको थियो तर त्यस पछि कुनै काम भएको छैन ।
शितगंगा नगरपालिका ३ डमरु दहको काम नगरे पछि लुम्बिनी प्रदेश सरकार शहरी विकास मन्त्रालय अन्तरगत शहरी विकास तथा भवन कार्याालय रुपन्देहीले भुसालको जमानत जफत गरी कारवाही गरिने सुचना जारी गरि सकेको छ । भुसालको काम सन्तोष जनक नभएको र ब्यापक गुनासो आए पछि ठेक्का रद्धको प्रकृयामा गएको कार्यालय प्रमुख शान्तमणी अधिकारीले जानकारी दिनु भयो । भसालका अन्य अधुरा कार्यको समेत ठेक्का रद्ध गर्न कार्यालयलाई पत्र काटिएको नगरपालिकाका जनप्रतिनिधीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?