दमारबेसीमा झोलुङ्गे पूलको शिलान्यास

न्यूज पाना
, शितगङ्गा नगरपालिका वडा नम्बर ७ जलुके दमारबेसी स्थित शितखोलामा बन्ने झोलुङ्गे पूलको शिलान्यास गरिएको छ।
लुम्बिनी प्रदेश सभा सदस्य माननीय रामजी प्रसाद घिमिरेले एक समारोहका बीच झोलुङ्गे पूलको शिलान्यास गर्नुभएको हो।
झोलुङ्गे पूलको शिलान्यास समारोहमा माननीय रामजीप्रसाद घिमिरे, शितगङ्गा नगरपालिका वडा नम्बर ७का वडा अध्यक्ष देबिराम घिमिरे, स्थानीय सामाजिक अगुवा नेता तथा शिबादह माध्यमिक बिधालयका प्रधानाध्यापक गिरि बहादुर थापा, पूल निर्माणको जिम्मा लिएको आस्था निर्माण सेवाका इन्जिनियर कुशल लिम्बु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

शिलान्यास कार्यक्रममा एमाले नेताहरु प्रेमनारायण गैरे,श्रीकृष्ण भुसाल,जिल्ला समन्वय समिति अर्घाखाँचीका पूर्व उपप्रमुख ऋषि बहादुर पुलामी,स्थानीय राजनीतिक दलका नेताहरु, वडाका जनप्रतिनिधिहरु, स्थानीय उपभोक्ता,शिक्षक,बुद्धिजीवी,समाजसेवी लगायतका स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
एक करोड अन्ठाउन्न हजारको लागतमा निर्माण हुने १३४ मिटर लामो यस पूलको निर्माण कार्य सम्पन्न भएपछि अर्घाखाँची( प्यूठान यात्रा गर्न,खेतीपाती गर्न,बालबालिका विद्यालय जान आउन सहज हुनेछ।
अहिलेसम्म पूल नहुदा स्थानीयहरु वर्षायाममा खेतीपाती गर्न,किनमेलका लागि बजार जान आउन, बालबालिकाहरु स्कुल जान समेत नपाउने विद्यमान समस्या रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?