प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माघ १ गते अर्घाखाँची आउने

बिकास घिमिरे, न्युजपाना
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा हुन लागेको आर्थिक बिकास, पर्यटन प्रबर्द्धन स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम २०८० को समुद्घाटनका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्घाखाँची आउने भएका छन् ।
माघ १ गते सन्धिखर्क टुडिखेलमा भव्य समारोहका साथ प्रधानमन्त्री प्रचण्डबाट समुद्घाटन हुने नेपाल पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ ।।
६१ वटा वडामा स्थलगत रिर्पोटिङ्गमा जानुपुर्व पत्रकार महासंघले शनिबार बिहान सन्धिखर्कमा सन्देश ¥याली समेत गरेको छ । फिल्डमा जाने पत्रकार तथा सन्चारकर्मीलाई अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को लोगो अंकित ज्याकेट बितरण पछि अर्घाखाँची घुम्न जाऔं भन्ने सन्देश दिन सन्धिखर्क बजारमा मोटरसाइकल ¥याली गरिएको अभियानका प्रवक्ता हृदय कुमार भुसालले जानकारी दिनुभएको छ ।
प्रति वडा २ जना पत्रकार पुगेर त्यहाँका महत्वपूर्ण पर्यटकिय क्षेत्रको तथ्याकं संकलन गर्ने गरि वडागत रिर्पोटिङ्गमा जाने पत्रकारलाई अभियानका निर्देशक जिवनारायण कोइरालाले ज्याकेट हस्तान्तरण गर्नुभएको हो । पौष १४ गतेदेखि पौष १८ गतेसम्म वडाभित्रको रिर्पोटिङ्ग सम्पन्न गरि प्रतिवेदन बुझाइसक्नेगरि टोली परिचालित भएको जानकारी गराउनुहुँदै कार्यक्रम मुल आयोजक समितिका संयोजक अशोक खनालले वडामा आउने टोलीलाई आवस्यक सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।
आर्थिक समृद्धिका निम्ती महाअभियान नाम दिइएको अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रमलाई सफल पार्न ८ हजार सदस्यिय जिल्ला स्तरिय प्रचार–प्रसार समिति बनाउने गरि तयारी अगाडि बढेको पत्रकार महासंघ अर्घाखाँचीको भनाई छ । “आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ यो कार्यक्रम संचालन गर्न लागिएको पत्रकार महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?