नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया कार्यक्रम हुने

सनिउल्ला धोबी, कपिलवस्तु मंसिर १३,

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को आयोजनामा कपिलवस्तुको चन्द्रौटामा बृहत अन्तरक्रिया हुने भएको छ । देशको वार्तमान राजनितिक संकट र समाधानको विषयमा बृहत अन्तरक्रिया कार्यक्रम हुने नेकपाका पश्चिम कपिलवस्तुका जिल्ला सचिव विनोद लुइटेल (पावेल सी) ले जानकारी दिनुभयो । कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले मंसिर १५ गते शुक्रबारका दिन सम्बोधन गर्ने जिल्ला सचिव पावेलले बतानउनु भयो । देशको आर्थिक संकट, राजनितिक परिवेश, बैदेशिक हस्तक्षेप, सामाजिक विकृती, सांस्कृतिक विचलन, प्रकोपबाट प्रभावितको अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम हुने नेकपा कपिलवस्तुले जनाएको छ । सो कार्यक्रममा स्थानिय राजनितिक दलका आगुव प्रतिनिधी, विभिन्न विषयका जानकार, उद्योगी, व्यपारी, व्यावसायीको सहभागिता रहनेछ । कार्यक्रम चन्द्रौटामा रहेको व्यपार संघको सभाहलमा शुक्रवार विहान ११ बजे हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?