शितगंगाको बिकास बिना जिल्लाको बिकास असम्भव समन्वय प्रमुख कोइराला

न्युजपाना / शितगंगाको बिकास बिना जिल्लाको बिकास सम्भव नहुने जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले बताउनुस भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रबर्द्धन विशेष अभियानका लागि पालिकासँग अन्तरक्रिया कार्यक्रम अन्र्तगत शितगंगामा भएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कोइरालाले शितगंगा नगरपालिका जिल्लाकै प्रवेसद्धार रहेकोले मुखमै बिकास नभइ जिल्लाको बिकास नहुने भएकोले यसको लागि अर्घाखाँचीका प्रर्यटन ,कृषि र उद्योगको माध्यमबाट बिकास गर्न सकिने भएकोले स्थानियतहले यस तर्फ ध्यान दिनु पर्ने बताउनु भयो ।
हरेक ब्यत्तिले नकारात्मक कुरामा मात्र जोड दिँदा भएका बिकास र राम्रा काम समेत पछि परेकोले पत्रकारिताको माध्यकबाट सकारात्मक कुराको प्रचार गर्न अनुरोध गर्नु भयो ।
यस्तै शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले शितगंगा प्राप्त प्रयटकिय सम्भावना भएको क्षेत्र भएकोले यसको प्रचार प्रसार तथा लगानी मार्फत यहाँको बिकास सम्भावना रहेको बताउनु भयो । शितगंगा नगरपालिकाले बिभिन्न क्षेत्रबाट प्रर्यटक आर्कषण गर्ने योजनाहरु सञ्चालन गरिरहेको भए पनि प्राप्त बजेटको अभावले सोचे जति काम हुन नसकेको बताउनस भयो ।

कार्यक्रममा नगर उपमेयर गीता भाट , प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा,बिभिन्न वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य , बिभिन्न संघ सस्थाका प्रतिनिधी ,राजनितिक दलका प्रतिनिधी लगायतको सहभागिका रहको थियो । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सभापति अशोक खनालको अध्यक्षता , सहसचिव ह्दय भुसालले कार्यक्रमको बारेमा प्रकास पार्नु भएको थियो कार्यक्रम लक्ष्मण घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?