घरेलु कार्यालय अर्घाखाँचीद्वारा शितगंगामा बजार अनुगमन

न्युजपाना शितगंगा असोज २३

घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा शितगंगा नगरपालिकामा विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले चाँडपर्व लक्षित बजार अनुगमन बिभिन्न स्थानिय तहमा गरिरहेको छ । चाँडपर्वको समयमा हुने कालोबजारी तथा अखाद्ययबस्त् बिक्री हुन सक्ने सम्भावनालाई मध्यनगर गर्दै अनुगमन गर्ने क्रममा शितगंगा नगरपालिकाको वडा नम्बर १२ तथा वडा नम्बर ४ का बिभिन्न पसलहरुमा अनुगमन गरिएको हो । हिलेखोला, चाक्ला तथा अमराइका बिभिन्न पसलमा टोलीले अनुगमन गरेको हो ।

अनुगमनमा म्याद नाघेका सामानहरु बरामद गरिएको थियो । दर्ता नभएका पसलहरुलाई नगरपालिका र सम्बन्धित निकायमा दर्ता गर्न अनुरोध गरिएको छ । मापदण्ड बिपरित सञ्चालन गरिएका पसलहरुलाई तल्काल सुझाव सहित मापडण्डमा रहन भनिएको छ ।बजार अनुगमनका क्रममा खाद्ययान्न सामाग्रीहरु बढी मुल्यमा बेचेको ,बिल बिनै खरिद बिक्री गर्ने , बिल प्रयोग नगर्ने गरेको पाइएको छ । साथै पिय पदार्थहरु च्वामिन प्याकेटहरु, मसला, पेन्ट लगायतका बिभिन्न सामाग्री म्याद गुज्रेकोपाइए पछि नस्ट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा रहेको अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालयका प्रमुख उद्योग अधिकृत सन्तोष खनाल, इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी सहायक निरिक्षक डम्बर बुढाथोकी नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , उद्योग बाणिज्य संघ शितगंगाका प्रतिनिधी नारायण बन्जाडे, शितगंगा नगरपालिका राजश्व शाखाका कमल पन्थी लगायतको टोलीले बिभिन्न १७ पसल अनुगमन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?