मंसिर ३० शितगंगा
सितगंगा नगरपालिका वडा नं ४ मा रहेको सानाकिसान कृषि सहकारी संस्था लिमीटेडको चौथो साधारणसभा तथा प्रथम अधिबेसन सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलको प्रमुखआतिथ्यता, उपप्रमुख गिता भाटको बिशिष्ट आथित्यता , वडा नम्बर ४ का वडा अध्यक्षदामोदर अधिकारी , वडा न ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारी ,जिल्ला कुषि सहकारी संघका अध्यक्ष लक्ष्मण कंडेल लगायतको उपस्थित मा सस्थाका निमित्त प्रबन्धक साबित्रा पौडेलको सन्चालन तथा सरिता गुरुङको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष लक्ष्मी गुरुङले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो संस्थामा हाल ५१८ जना शेयर सदस्य रहेका छन । सेयर पुँजी रकम २५ लाख, २१ हजार, त्यस्तै सेयर लगानी २४,००० र ऋणीहरुको सख्या २४० रहेको छ । अध्यक्ष गुरुङले सस्थाले बार्षिक रुपमा गरेका कृयाकलापको बारेमा जानकारी गराउनु भएको थियो ।आर्थिक वर्ष ०७९। ०८० अषाण मसान्तसम्म कुल नाफा २०,लाख १६ हजार ४९ भएको प्रतिबेदन अध्यक्ष गुरुङले पेश गर्नु भएको थियो
सहकारीमा सुलभ ब्याजदरमा ऋण प्रवाह हुने गरेको बचतमा उच्चतम ब्याज प्रदान गर्ने गरिएको सदस्यहरुको मृत्यु भएका राहत प्रदान गर्ने गरेको लगायतको कार्य सहितको प्रतिबेदन अध्यक्ष गुरुङले पेश गर्नु भएको थियो । कायक्रममा ४ जना जेस्ठ नागरिकलाई सम्मान र एक जनालाई उत्कृष्ट कृष तर्फ सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै शितगंगा नगरपालिकाका प्रमुख अतिथि नगर प्रमुख छविलाल पौडेलले बिकट ठाँउमा सहकारीले उदाहरणीय काम गर्न सफल भएको बताउनु भयो । अबका दिनमा नगरपालिका र सहकारी बिच सहकार्य गरेर काम गर्ने , सहकारीलाई बजारीकरण गर्न सहयोग गर्ने र पौडेलले बताउनु भयो ।
चौथो साधारणसभा तथा प्रथम अधिबेसनबाट निरबिरोध पुन लक्ष्मी गुरुङ चयन हुनुभएको छ ।