नेपालगञ्जमा झडप अनिश्चितकालीन कर्फ्यु

 

 

हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लागेको छ । ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा सिसा प्रहार भएपछि भिड तितरबितर भई धार्मिक दंगाको स्थिति उत्पन्न हुँदा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको हो ।

एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको थियो । मंगलबार बिहान नेपालगञ्जमा धार्मिक तथा सामुदायिक सद्भाव र्‍याली निकालिएको थियो । स्थिति नियन्त्रणबाहिर जान लागेको भन्दै प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

छुटाउनुभयो कि ?