अर्घाखाँचीको शितगंगा ७ मा निशुल्क घुम्टी पशु स्वास्थ्य शिविर सम्पन्न

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ७ मा निशुल्क टोल स्तरिय घुम्टी पशु स्वास्थ्य शिविर संचालन गरिएको छ ।

पशु स्वास्थ्य र मानव स्वास्थ्य अभिन्न अङ्गका रुपमा गासिएको हुनाले स्वास्थ्यको आवधारणा अनुसार पशुको स्वास्थ्यमा सुधार आएमा मानीसको स्वास्थ्यमा पनि सुधार आउने भएकोले र निशुल्क औसधी वितरण गर्दा निम्न आय भएका किसानले लाभ लिन सक्ने हुनाले आर्थिक आय निम्न भएका किसान परिवारमा सेवा प्रवाह गर्न नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा नं. ७ का वडा अध्यक्ष देबिराम घिमिरेले बताउनु भयो ।

साथै वडा को पशु सेवा विषेश कार्यक्रम अन्तरगत सञ्चालन भएको प्रत्येक टोलमा सञ्चालन भयो र आगामी दिनमा किसानलाई थप प्रोत्साहन गर्न कृषि क्षेत्रमा लाग्नको लागि प्रेरित गर्न के कस्ता योजना बनाउदा उपयुक्त होला आम सबैबाट सुझावको अपेक्षा रहेको वडा अध्यक्ष घिमिरेले बताउनु भयो ।

शिविरमा आज असार ११ गते ४००
कृषकले घुम्टी शिविर मार्फत सेवा लिएको वडा सचिब प्रदिप महतले जानाकारी दिनु भयो ।

, अलवेन्डा झोल , फिलमेण्डा झोल , कोकेट भेट , क्यासियम , भिटामिन ‘ लिवर टोनिक रुचामिक्स मेलेक्सि केम अनन्तरिक र बाहिरी परजीवी नियन्त्रणक लगायतका पशु औसधीको निशुल्क वितरण गरिएको साथै ३० वटा वाख्राको पाठा लाई बन्ध्याकरण गरिएको सचिब महतले जानाकारी दिनु भयो ।

शिविरमा पशुपन्छी पालक कृषकहरुले पशु स्वास्थ्य शिबिर आफनो घर आगनमा संञ्चालन भएपछि आफूहरू ज्यादै उत्साहित भएको वताए ।

आफ्नो वडा पशुपालनका लागि उपयूक्त भएको र यहाँका जनताको आम्दानी मुख्य स्रोत पनि पशु पालन भएकोले पशु स्वास्थय शिबिरको आयाोजना गरियको अध्यक्ष घिमिरेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?