सरकारले शिक्षकको आवाज सुन्नु पर्छ ; प्याब्सन अध्यक्ष बेल्बासे

प्याप्सन अर्घाखाँचीका अध्यक्ष कमल बेल्बासेले सरकारले शिक्षकहरुका माग संबोधन गर्नु पर्ने बताउनु भएको छ । ५२ बर्ष पछि जारी हुन लागेको शिक्षा विधेयक मन्त्रीपरिषदबाट पास भइ कानुनी प्राबधानको लागि संसदमा ड्राफ्टको रुपमा तयारी भएको विधेयकमा शिक्षकहरूको हक हित संरक्षण बिपरित रहेकोले सिंगो शिक्षा सँग सरोकारवाला संघ सस्था आन्दोलित छन ।

यो अबस्थामा शिक्षकहरूले उठाएका जायज मागहरुलाई संसोधन गरि शिक्षकहरुका पीडालाइ बुझ्न सरकार सँग अर्घाखाँची प्याब्सन अध्यक्ष कमल बेल्बासेले अनुरोध गर्नु भएको छ । सिङ्गो शैक्षिक क्षेत्र नै अहिले आन्दोलनमा रहेको बेला तत्काल सरकारले बार्ताको माध्यमबाट बिकासको मेरुदण्डको रुपमा रहेको शिक्षालाई पहिले प्राथमिकतामा राखेर सहज र सन्तुलित रुपमा सरोकारवाला सँगछलफल गरि शिक्षक मैत्री ,विद्यार्थीमैत्री र अभिभावकमैत्री शिक्षा विधेयक जारी गर्न सरकारलाई सुझावको रुपमा प्याब्सन अर्घाखाँचीको धारण व्यक्त गर्दै शिक्षक महासंघको यो आन्दोलनमा अर्घाखाँची प्याब्सनले पनि जारी आन्दोलनमा ऐक्यबद्धता रहेको बेल्बासेले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?