शितगंगा महोत्सवको सम्पुर्ण तयारी पुरा

यहि पुस ९ गते बाट सञ्चालन हुन लागेको चौथो शितगंगा महोत्सवमा कृषि उत्पादन प्रर्दशनीको सम्पुर्ण तयारी पुरा भएको आयोजक शितगंगा उद्योग बाणिज्य संघले जनाएको छ ।महोत्सवमा स्टल निर्माण ,गेट निमार्ण स्टेज बालउद्यानको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएकोहो । महोत्सवको शितगंगा नगरपालिका प्रमुख टबिलाल पौडेलले उद्धघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यस पटको प्रमुख आर्कषक डमरुदहमा डुंगा सञ्चालन रहेकोले मेलाका निर्देशक शुशिल केसीले बताउदै आन्तरिक प्रर्यटक भित्राउन यसले सहयोग गर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले महोत्सवमा स्थानिय उत्पादन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिन अनुरोध गर्नु भयो । शितगंगा नगरपालिकाले बिभिन्न बिधामा कृषिको उत्पादन प्रतिस्पर्धा गराएर पुरस्कार तथा सम्मान गर्ने भएको हो ।

सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८२ तयारी अन्तिम अबस्थामा पुगेको छ । शितगंगा उद्योग वाणिज्य संघको आयोजना तथा नमस्ते अर्घाखाँची समाजको सहआयोजनामा हुने महोत्सवका लागि प्रचार प्रसार तथा स्थल निर्माणको काम धमाधम भइरहेको छ । पौष ९ गते देखि २१ गते सम्म संचालन हुने उक्त महोत्सवमा उक्त महोत्सवमा १ सय बढि स्टल बुुकिंङ भइसकेको मेलाका निर्देशक सुशील केसीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?