५ कार्तिक २०८२, बुधबार
५ कार्तिक २०८२, बुधबार

शितगंगा नगरपालिकाको सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा सम्पन्न

अराज बेल्बासे भदौ २० अर्घाखाँची

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा नगरपालिकाका सबै शाखा र १४ वटै वडाबाट वार्षिक उपलब्धि, समस्या तथा भावी योजनाबारे प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख छबिलाल पौडेलले स्थानीय सरकारको प्रमुख प्राथमिकता जनताको आधारभूत आवश्यकता पुरा गर्नु, योजनाको प्रभावकारी कार्यान्वयन गर्नु र नागरिकमैत्री सेवा दिनु रहेको उल्लेख गर्दै, गत आर्थिक वर्षमा भएका उपलब्धिहरूलाई अझ सबल बनाएर आगामी वर्षमा अझ ठोस परिणाम दिने प्रतिबद्धता जनाउनुभयो।

उपप्रमुख गीता भाटले महिलामैत्री नीति, सामाजिक सुरक्षा कार्यक्रम, शिक्षा र स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गरेका कामबारे जानकारी दिनुभयो। उहाँले महिलाको अधिकार संरक्षण, स्वरोजगार तथा सीप विकासमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो।
यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले योजना निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता कायम गर्न निरन्तर प्रयास भइरहेको र जनताको सुझावलाई नीतिगत तहमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै शितगंगा प्रसस्त सम्भावना  रहेकोले सकारात्मक  रुपमा आफ्नो ठाउँ बिकास गर्न सहयोग गर्नु अनुरोध गर्नु भयो ।
कार्यक्रममा विभिन्न शाखा प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रका गतिविधि प्रस्तुत गर्ने क्रममा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगार, प्रशासन, सामाजिक विकास वडा कार्यालयहरु लगायतका क्षेत्रमा भएको प्रगति सार्वजनिक गरेका थिए। योजना प्रमुख प्रशासकीय अधिकृत नुमलाल खनालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।
सुनुवाइमा सहभागी अधिकांशले नगरपालिकाले कृषि क्षेत्रमा नयाँ प्रविधि, आधुनिक उपकरण र सीप अभिवृद्धिमा जोड दिनुपर्ने सुझाव राखे। त्यस्तै शिक्षामा गुणस्तरीय सुधार, विद्यार्थीमैत्री वातावरण र शिक्षक व्यवस्थापनमा ध्यान दिनुपर्ने माग पनि गरिएको थियो।
कार्यक्रममा उपस्थित सरोकारवाला, नागरिक समाजका प्रतिनिधि, वडाध्यक्ष, शिक्षक, किसान तथा युवाहरूले नगरपालिकाले गरेका कामको प्रशंसा गर्दै अझै पारदर्शी, दिगो र जनउत्तरदायी काम गर्न आग्रह गरेका थिए।
नगरपालिकाले संकलित सुझावलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

यसको पूरा भिडियो newspana को youtube मा रहेको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

यी हुन शुशिला कार्की प्रधानन्याधिस हुँदा गरेको प्रमुख काम

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?