- विक्रम आचार्य शितगंगा
शितगंगा नगरपालिका वडा नं . १४ का स्थानिय महिलाहरुलाई निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिताको लागि क्षमता अभिवृद्धी तथा आर्थिक ससक्तीकरण कार्यक्रम अन्तरगत नेपाल चेतना केन्द्र सन्धिखर्क अर्घाखाची को आयोजना र टेवा नेपाल धापाखेल ललितपुरको सहयोग मा सञ्चालन भएको सात दिने कार्यक्रम एक कार्यक्रम विच समापन भएको छ ।
आज समापन कार्यक्रममा शितगंगा नगरपालिका नगर प्रमुख छविलाल पौडेल को प्रमुख आथिथ्यता लुम्बीनी प्रदेश पूर्व सांसद निर्मला क्षेत्री शितगंगा १४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दामोदर न्योपाने को विशिष्ठ आथिथ्यता वडा सदस्यहरु साथै हेफर नेपाल लुम्बीनीका प्रवन्धक प्रेम सैजु रिपोर्टर्स क्लव लुम्बीनी अध्यक्ष राम कुमार क्षेत्री गंगाजल सहकारीका अध्यक्ष सिमा सिंजापति को आथिथ्यता रहेको थियो ।
यो सात दिने तालिम वाट सिकेका सिपबाट निर्माण भएका सामाग्रि वजारीकरण गरि स्वरोजगार बनाउन शितगंगा नगरपालिका प्रतिवद्ध रहेको नगर प्रमुख तथा प्रमुख अथिती छविलाल पौडेलले बताउनु भयो
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ७ दिन सम्म चलेको तालिमबाट सिकेको सिप कार्यन्ययन पक्षमा लगेर पलास्टिक तथा कागजबाट सजावटका सामाग्रीहरू निर्माण गरि शितगंगा नगरपालिका वडा नं . १४ का स्थानिय महिलाहरुलाई निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिताको लागि क्षमता अभिवृद्धी तथा आर्थिक ससक्तीकरण कार्यक्रम सफल रहने बताउनु भयो ।
कार्यक्रम चेतना नेपाल अर्घाखाँचीका सदस्य सिता घिमिरेको अध्यक्षता गंगाजल सहकारीका कर्मचारी सिता दर्लामी को स्वागत मन्तव्य र गंगाजल सहकारी संस्थाका व्यावस्थापक कृष्णा रेश्मीको संचालनमा समापन कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष तथा नगर प्रवक्ता दामोदर न्योपानेले जानाकारी दिनु भयो ।