शितगंगा–८ मा १५ दिने मुडा बनाउने तालिम सुरु

अर्घाखाँची, शितगंगा — शितगंगा नगरपालिका–८ मा परम्परागत सीपको संरक्षण र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले १५ दिने मुडा बनाउने तालिम सुरु गरिएको छ। तालिमको आयोजना शितगंगा नगरपालिकाको सहयोगमा तथा वडा नं. ८ को व्यवस्थापनमा गरिएको हो।

तालिमको औपचारिक उद्घाटन वडा अध्यक्ष रुकेश आलेको अध्यक्षता र नगर उप–मेयर गीता भाटको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा वडा सचिव हेमन्त भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उद्योग शाखा प्रमुख अजय यादवले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष आलेले सिकाइलाई आम्दानीमुखी बनाउँदै व्यावसायिक क्रियाशीलतासँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “धेरैजसोले तालिम लिन्छन्, तर सिकाइलाई व्यवहारमा उतारेर आम्दानीको स्रोत बनाउन सक्दैनन्,” उहाँले भन्नुभयो, “अब सिक्नेमात्र होइन, सीप प्रयोग गरेर आत्मनिर्भर बन्न आवश्यक छ।” उहाँले तालिममार्फत सीप सिकेर रोजगारी सिर्जना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख अतिथि नगर उप–मेयर गीता भाटले शितगंगा नगरपालिकाले स्वरोजगार तथा सीपमूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो। “मुडाजस्तो परम्परागत सीपलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता तालिम प्रभावकारी हुने विश्वास लिएको छौं,” उप–मेयर भाटले भन्नुभयो, “साथै, बजार पहुँच बनाउँदै व्यावसायिक विस्तारका लागि पनि हामी तयार छौं।”

तालिममा २५ जना सहभागी रहेका छन्, जसमा अधिकांश महिला छन्। प्रशिक्षार्थीहरूलाई मुडा निर्माणको सम्पूर्ण प्रक्रिया — बाँसको छनोट, डिजाइन, निर्माण विधि, गुणस्तर सुधार तथा बजार व्यवस्थापनसम्बन्धी व्यवहारिक प्रशिक्षण दिइँदैछ। तालिमको नेतृत्व अनुभवी प्रशिक्षकहरूले गरिरहेका छन्, जसले विगतमा विभिन्न वडामा यस्ता तालिम सञ्चालन गरिसक्नु भएको छ  ।
वडा सचिव हेमन्त भट्टराईले तालिमले स्थायी आम्दानीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको बताउनुभयो। “स्थानीय सीप र स्रोत प्रयोग गर्दै रोजगारी सिर्जना गर्ने यो प्रयास उदाहरणीय बन्न सक्छ,” उहाँको भनाइ थियो।

उद्योग शाखा प्रमुख अजय यादवका अनुसार नगरपालिकाले आगामी दिनमा अन्य वडामा पनि यस्ता तालिम विस्तार गर्ने योजना बनाएको छ। तालिमपछि सफल सहभागीहरूलाई उपकरण खरिदमा सहयोग  गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?