लुम्बिनी प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले शितगंगा नगरपालिका वडा न ६ मा वैशाख १८ गते लागलागीबाट घर गोठ गुमाएका पिडितलाई भेटघाट तथा स्थलगत निरीक्षण गर्नु भएको छ । मन्त्री आर्चायले आगलागी पछि पुनस्र्थापना र अन्य राहत सहयोगमा समेत आफ्नो तर्फवाट आवश्यक पहल गर्ने प्रतिवदता व्यक्त गर्नुभयो । आगलागी पिडित घरपरिवारलाई भेट्दै आर्चायले राज्यको तर्फबाट हुन सक्ने सहयोग छिटो राहत प्रदानका लागि प्रदेश सरकारको तर्फबाट सबै तयारी पुरा गर्ने बताउनु भयो । मन्त्री आर्चायले शितगंगाका अग्नी पिडितहरुको बिवरण र क्षति बिबरण तुरुन्त मुचुल्का गरि सिफारिस गर्न इलाका प्रहरी कार्यलय ठाडालाई निर्देशन समेत दिनु भएको छ ।
प्रमुख जिल्ला अधिकारीलाई भेटगरि जिल्लाका पिडितहरुलाई छिटो राहत उपलब्ध गराउन सबै प्रकृया समयमै सम्पन्न गर्न अनुरोध गरि सकेको र सघं प्रदेश र स्थानिय तहबाट हुने सबै विपत सहयोग समयमै गर्न अनुरोध गर्नु भयो । गत १८ गते जंगलबाट आएको आगोले ७ वटा घरमा पुर्ण क्षति गरेको थियो भने ५ घरमा आशिक क्षति गरेको थियो । अनुगमनमा नेकपा एमाले लुम्बीनी प्रदेश सदस्य वसन्त श्रेष्ठ , नेकपा एमाले शितगंगा इञ्चार्ज ओपि पाण्डे ,कावा अध्यक्ष संजय राना वडा नं ६ का वडा अध्यक्ष ऋषि रेश्मी, कार्यपालिका सदस्य कमला परियार , लगायतको टोलि घर गाउँ वस्तिमा पुगेको थियो ।