न्यूजपाना , शितगंगा
शितगङ्गा नगरपालिका वार्ड न ३ को कार्यालयले ठाडा कालिका माइ भगवती मन्दिरलाइ पन्चे बाजा सहयोग गरेको छ । चालु आ.बको योजना तथा कार्यक्रमबाट मन्दिरलाई १० थान पन्चेबाजा सहयोग गरेको शितगंगा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष चिन्तराज अधिकारीले जानकारी दिनु भएको छ। दमाहा ४ थान, सनाई २ थान, कर्राल २ थान, टेम्को १ थान र ढोलक १ थान वितरण गरिएको छ।
लोप हुने अबस्थामा पुगेका बाजा मन्दिरलाइ सहयोग गर्न पाउदा गर्व लागेको वडाध्यक्ष अधिकारीले बताउनु भयो। आगामी बजेटबाट बाँकि आवश्यक पर्ने बाजाहरु र पन्चेबाजा बजाउने तालिमको लागि कार्यक्रम ल्याउने उहाँले बताउनु भयो।