२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

राष्टिय सूचना आयोग द्धारा शितगंगामा अन्तरकृया सम्पन्न

अराज बेल्बासे , चैत १ अर्घाखाँची

राष्ट्रिय सुचना आयोग काठमाडौले शितगंगा नगरपालिकामा सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आयोगको स्थानीय तहका जनप्रतिनिधि ,कर्मचारी तथा समुदाय सँग सुचनाको हक र यसको अधिकार सम्बन्धि अन्तरकृया गर्ने कार्यक्रम अनुसार शितगंगामा कार्यक्रम गरिएको राष्टिय सुचना आयोगका आयुक्त कमला ओलीले जानकारी दिनु भयो ।

कार्यक्रममा सबिधानमै उल्लेख भएको सुचनाको हक अधिकार र यसको महत्त्वको बारेमा आयोगका सचिव होम प्रसाद लुइँटेलले कार्यशाला प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले लामो ईतिहास बोकेको सुचनाको अधिकारले २०६५ साल पछि मात्र सार्थकता पाएको बताउदै अहिले जनताहरु समेत सुचना माग गर्न शिक्षित भएको बताउनुभयो । नगरपालिका सुचना मैत्री रहेको र नगरपालिकाले माग गरिएका सुचना समयमै उपलब्ध गराइरहेको बताउनु भयो ।
सुचनाको हक सम्बन्धि ऐनले हरेक निकायलाइ आफ्नो दायरामा समेटेकोले अधिकांस स्थानमा सुचनाको हक लागू हुने निकाय रहेकोले सुचनाको हक मार्फत सुशासनको दायरामा ल्याउन सफल रहेको बताउनु भयो ।यस्तै नगर उपप्रमुख गीता भाटले सुचनालाइ सह सदुपयोग गर्दा सबै क्षेत्रमा शुसाशन कायम हुन सक्ने बताउनु भयो । सुचना माग गरिएकै परियोजनमा प्रयोग गर्ने गरि सार्वजनिक निकायले सुचना उपलब्ध गराउनुपर्ने बताउनु भयो ।

हरेक क्षेत्रमा प्रमुख आधार सुचना रहेककोले सार्वजनिक जानकारीका सुचना र माग गरेर जानकारी हुने सुचना बाट कोहि बञ्चित हुन नहुने बताउनु भयो ।यस्तै शितगंगा नगरपालिकामा प्रमुख छबिलाल पौडेलले सुचना आयोगले यो महत्वपूर्ण कार्यक्रम शितगंगामा सञ्चालन गरेकोमा धन्यवाद दिँदै सुचनाको हव लोक तन्त्रको बलियो आधार रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सुचनाआयोगका आयुक्त कमला ओलीले सुचनाको अक सम्बन्धि ऐनमा रहेको ऐन अनुसार हरेक सार्वजनिक निकायले मागिएको सुचना १५ दिन भित्र उपलब्ध गराउनु पर्ने बताउनु भयो । माग गरिएको सुचना कार्यालयले उपलब्ध नगराएमा ऐन अनुसारको कारवाही हुने बताउनु भयो । लोकतन्त्रमा हरेक नेपाली बोल्न पाउने अधिकार सुनिश्चित भएकोले हरेक सार्वजनिक निकाय जनतअ प्रति जवाफदेही हुन जरुरी रहेको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष नवराज भुसाल , दामोदर अधिकारी , नगरपालिकाका सुचना अधिकारी गणेश थापा लगायतले जिज्ञासा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?