अर्घाखाँचीमा ओैपचारिक रुपमै चल्न थाले बिद्युतिय सवारी

अर्घाखाँचीमा बिगत ४ महिना देखि बिद्युतिय सवारी सञ्चालनमा छन तर आज देखि भने ओैपचारिक रुपमै सवारी सञ्चालनमा आएका छन । अर्घाभगवती यातायात प्रालिले सन्धिखर्क देखि बुटटवल र जिल्लाका विभिन्न स्थानमा सवारी सुचारु गराएको छ । सन्धिखर्कबाट बिहान सवा ५, सवा ६, सवा ७ र सवा आठ बजे गाडी बुटवलका लागि छुट्ने अर्घाभगवती यातायातका अध्यक्ष पदम क्षेत्रीले जानकादिनु भयो ।

हभूमिकास्थान नगरपालिकाको ढाकावाङ र असुरकोटबाट सन्धिखर्क हुँदै बुटवलसम्म र मालारानी गाउँपालिकाको खनदहबाट बिहान ७ बजेट गाडी छुट्ने व्यवस्था गरिएको छ ।

यी बिद्युतिय गाडिले पहाडको प्रतिकिलोमिटर भाडादर ८ रुपैयाँ, सन्धिखर्क–गोरुसिंगे सडक खण्डअन्तर्गत सन्धिखर्क–पथ्थरकोटसम्म प्रतिकिलोमिटर ६ रुपैयाँ र तराईमा प्रतिकिलोमिटर ३ रुपैयाँ भाडा कायम गरिएको छ । यसरी सन्धिखर्क–बुटवलको भाडा ४ सय ८० रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?