२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

विद्यालयमा राजनैतिक दलका कार्यक्रम नगर्न र शिक्षक सहभागि नहुन वडाको निर्देशन

शितगंगा नगरपालिका वडा न.११ का वडा अध्यक्ष नवराज भुसालले वडाका कुनैपनि विद्यालयमा राजनैतिक दलका कार्यक्रम गर्न नदिने ,शैक्षिक भ्रमणको नाममा हुने वेथितीलाई नियमन गर्ने निर्देशनले शिक्षा क्षेत्रमा फेरी अक्रो तरगं पैदा गरेको छ । वडा अध्यक्ष नवराज भुसालले आफ्नो वडा अन्तरगत रहेका बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागी अग्रसरता देखिएका छन ।अध्यक्ष भुसााल वडा अध्यक्षको पदमा निर्वाचित भए देखि नै आफ्नो वडा भित्र शिक्षामा केही नया तथा अनुकरणिय काम गरेका छन । भौगोलिक रुपले बिकट रहेको त्यस वडामा शिक्षाको स्तर पनि न्युन रहेको छ ।

आर्थिक तथा शैक्षिक दृष्टिकोणले कमजोर रहेको पालिकामा सुधार गर्नुपर्ने धेरै क्षेत्र भएपनि आफुले शिक्षालाई पहिलो प्राथामिकत्तामा राखेको बताउने भुसालले आफ्नो पहिलो आ.व.को बजेटमा नगरपालिका मै पहिलोपटक नगर स्तरिय अन्तर माध्यामिक विद्यालय तह वतृत्वकला प्रतियोगिता आयोजना गरी केही नया तथा फरकपनको झल्को दिएका थिए । पहिला ९ वटा सामुदायिक विद्यालय रहेको वडाको बिकट वस्ती बेलखोलामा यसै शैक्षिक सत्रबाट बालबिकास कक्षा सञ्चालनमा आए संगै १ माध्यामिक विद्यालय सहित १० वटा सामुदायिक विद्यालय रहेको त्यस वडाको विद्यालय शिक्षा सुधारका लागि प्रत्येक महिना अनिवार्य प्र.अ. बैठक राखि आवश्यक निर्देशन तथा सहजिकरण गर्न आफै उपस्थित हुने गरेको वडाको लिडर विद्यालयका प्रधानध्यापक राम प्रसाद थारूले बताए ।

वडा अन्तरगतका सबै विद्यालयमा रहेक शुक्रबार अतिरिक्त कृयाकलापलाई अनिवार्य गर्ने ,नियमित विद्यालय अनुगमन गर्ने , दिवा खाजा कार्यक्रम व्यवस्थित गर्ने ,विभिन्न नमुना विद्यालय संग अन्तरकृया तथा अवलोकन कार्यक्रम ,आधारभुत तह हाजिरिजवाफ प्रतियोगिता गर्दै आएका अध्यक्ष भुसालले यसै शैक्षिक शत्रदेखि अर्घाखाचिमै पहिलोपटक वडा स्तरबाट प्रश्नपत्र तयार गरी विद्यार्थी मुल्याङकन प्रभावकारी बनाउन खोजिएको बताएका छन । वडा तहमै पहिलोपटक प्रश्न प्रत्र निर्माणका लागि सबै विद्यालयबाट १।१ जना बिषय शिक्षक रहेको प्रश्नपत्र निर्माण समिति गठन गरि तयार पारिएका प्रश्नप्रत्र छपाई र उत्तर पुस्तिका खरिदको सम्पुर्ण खर्च वडाबाटै व्यस्थापन गरिएको अध्यक्ष भुसालले बताए ।

वडा अन्तरगतका प्रायः सबै विद्यालयमा शैक्षिक जनशक्ति अभाव रहेकोमा वडा अध्यक्षमा नवराज भुसाल निर्वाचित भएदेखि निरन्तर जनशक्ति लागि परेर अनुदान शिक्षक कोटा मार्फत श्री धर्मोदय मा.वि.मा २ र दुम्सि आ.वि.मा १ शिक्षक थप गराउदा धेरै राहत भएको श्री दुम्सि आ.वि.का प्रधानध्यापक रूम बहादुर पल्लीले बताए ।छरिएर रहेका वस्तीका बालबालिका गाउमै रहेको कक्षा ३ वा ५ कक्षा सम्म पढाई हुने स्कुलमा अध्ययन पश्चात अधिकांश विद्यार्थीहरूले पढाई छाड्ने बवस्थाबाट चिन्तित रहेका अध्यक्ष भुसालले चालु आ.व.को नगरसभाबाट छरिएर रहेका वस्ती बालबालिकालाई वडाको खयरट्टीमा आवासिय विद्यायल सञ्चालनका लागि योजना अघि सासेपनि आर्थिक अभाव र योजना कार्यान्वयनमा नगर नेतृत्व उदासिन भैदिदा शिक्षामा दिर्घकालिन महत्व रहनेगरी परिणम मुखि सुधारले गति लिन नसकेको बताए । नगर शिक्षाको नेतृत्व गर्ने नगर शिक्षा समितिको पदावधि सकिएको ३ महिना हुदा समेत शिक्षा समिति गठनले प्राथामिकत्ता नपाउनुले पनि नगरपालिकाको मुल नेतृत्वको शिक्षामा ध्यान पुग्न नसकेको प्रष्ट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?