नेकपा माओबादी केन्द्र अर्घाखाँचीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा (माओबादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँचीले जिल्लाको दुईवटा नगरपालिकाहरु सन्धिखर्क नगरपालिका तथा भुमिकास्थान नगरपालिका नगरकमिटी सदस्य तथा वडा अध्यक्षहरुको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टी केन्द्रिय सदस्य तथा तीन महिने बिषेश रुपान्तरण अभियान अर्घाखाँचीका इन्चार्ज बामदेब क्षेत्रीको प्रमुख आतिथ्यतामा शुरु प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष शुर्दशन बराल , केन्द्रिय सदस्य ठाकुर कुमार बिक , प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल प्रदेश समितिका सदस्य लगाएतको उपस्थित रहेको थियो ।


प्रशिक्षणमा पार्टी केन्द्रिय सदस्य बामदेब क्षेत्रीले दर्शनशास्त्र ,केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष सुदर्शन बरालले शुसासन सामाजिक न्याय सहितको समृद्धि तथा केन्द्रिय सदस्य ठाकुर कुमार बिकले कम्युनिस्ट संगठन र संगठनात्मक सिद्धान्तहरुको बारेमा प्रशिक्षित गरेका थिए ।
प्रशिक्षण कार्यक्रम भुमिकास्थान नगरकमिटीका अध्यक्ष नरेन्द्रमान मुखियाको अध्यक्षता तथा सन्धिखर्क नगरकमिटीका सचीव बिष्णु ढुङ्गानाको संचालनमा शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?