२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

कार्तिक २ गतेबाट छत्रदेव प्रिमियम लिग (CPL) हुने

छत्रदेव गाउँपालिकाको सहयोगमा छत्रदेव क्रिकेट विकास समितिले आयोजना गर्ने छत्रदेव प्रीमियर लिग क्रिकेट प्रतियोगिता कार्तिक २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ। ४ दिन सञ्चालन हुने प्रतियोगितामा पाँच टिम सहभागी हुनेछन्। सहभागी टिम बिच लिग फर्म्याटमा खेलहरू सञ्चालन हुनेछन् र लिग चरणमा शीर्ष दुई हुने टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा कुल ११ खेल हुनेछन्। सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक २ गते अर्घा तोष इभोलुसन र चिदिका रोयल्सले प्रतिस्पर्धा गर्नेछन् भने प्रतियोगिताको अन्तिम तथा फाइनल खेल कार्तिक ५ गते हुनेछ। प्रतियोगिताका सबै खेलहरू छत्रदेव रङ्गशाला छत्र गन्जमा सञ्चालन हुनेछन्।

बि. स २०७७ सालदेखि प्रत्येक वर्ष हुँदै आइरहेको प्रतियोगिताको यो चौथो संस्करण हो। यस अगाडि ३ वटा संस्करणमा चार टिम सहभागी गराइएको प्रतियोगितामा यो वर्ष खेलाडीहरूको आकर्षक र उत्साहपूर्ण सहभागीको अनुभूति गर्दै एक टिम सङ्ख्या थप गरी ५ टिम सहभागी गराइएको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा ठुला पोखरा वारियर्स, कालिका वारियर्स, चिदिका रोयल्स, अर्घा तोष इभोलुसन र भगवती लायन्स सहभागी छन्। यस प्रतियोगिताका लागि छत्रदेव गाउँपालिका भित्रका खेलाडीको लागि दर्ता आव्हान गरी तोकिएको समय भित्र प्राप्त दर्ता खेलाडीलाई असोज १० गते गाउँपालिकाको बहुउद्देश्यीय सभा हलमा आयोजित अक्सन मार्फत सहभागी पाँच टिममा अनुबन्धन गरिएको थियो।

प्रतियोगिताको विजेता टिमले नगद रु. पचास हजार तथा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु. तीस हजार तथा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्लेयर अफ दि टुर्नामेन्ट, बेस्ट बलर, बेस्ट ब्याटम्यान, इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट विधामा पुरस्कृत गरिनेछ। प्रतियोगिताका यश अगाडि सम्पन्न तीन वटा संस्करणमा ठुला पोखरा वारियर्स विजयी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (78%)
  • दुःखी (0%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (11%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?