विक्रम आचार्य शितगंगा
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका मा आरम्भ चौतारि लघुवित्त संस्था लिमिटेड ले Global money week को अवसर मा वित्तिय साक्षरता कार्यक्रम एक कार्यक्रम विच सम्पन्न भएको छ ।
कार्यक्रम आरम्भ चौतारी लघुवित्त बित्तिय संस्थाका साखा प्रमुख अभिषेक पौडेल को अध्यक्षता शितगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्री चन्द्रमनी बेल्बासे को प्रमुख आथिथ्यता सोही वडा सदस्य श्री शेषकान्त पौडेल र समाजसेबि श्री टोपबहादुर घर्ती साथै श्री सुधा माध्यमिक बिद्यालय शीतगगा न .पा ५ कि सहायक प्रध्यानाध्यापक श्री निर्मला बेल्बासे को विशिष्ट आथिथ्यता र श्री निल्कन्ठ आधार भुत बिध्यालय का प्रध्यानाध्यापक श्री प्रकाश पौडेल शिक्षक श्री नवराज न्यौपाने श्री मनिराम पौडेल साझा फुलबारी कृषी सहकारी संस्था लि कि अध्यक्ष श्री कमला पौडेल को विषेश अथिथ्यतामा कार्यक्रम सन्चालन भएको थियो उक्त कार्यक्रम मा सुधा माध्यमिक बिद्यालयमा अध्यनरत कक्षा ११,१२ का सम्पूर्ण विद्यार्थी र केन्द्र न ०१०,०१६,०१५,२० र ०३२ का सम्पूर्ण सदस्यहरू सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अथिती वडा अध्यक्ष श्री चन्द्रमनी बेल्बासेले घर आगनमा आयर ग्रामिण स्थरमा बचत तथा ऋण प्रवाह गरेकोमा धन्यवाद दिदै थप प्रगतीको कामना गर्नु भयो ।
कार्यक्रम को बिशिस्ट अथिती श्री सुधा माध्यमिक बिद्यालय शीतगगा न .पा ५ कि सहायक प्रध्यानाध्यापक श्री निर्मला बेल्बासे ले बैङ्क तथा संस्थाले सेवा दिदा दिदिबहिनीको बचत साथै आवश्यक ऋण समेत सहज रूपमा प्रवाह गरि व्यावसायिक दिदि बहिनीलाई राहत भएको साहु महाजनको हात जोड़न नपरेको राम्रो पक्ष भएको वास्तविक आवश्यकता पहिचान गरि ऋण प्रवाह गर्न तीर ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले संस्थाको उन्नती प्रगती को र कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
“smart money talks ” भन्ने मुल नारा लियको वित्तिय साक्षरता सम्बन्धी प्रसिक्षण संस्थाका शाखाका शाखा प्रमुख श्री अभिषेक पौडेल ले दिनु भएको थियो ।
संस्थाका सहायक कर्मचारी विशाल घर्ति को स्वागत मन्तव्य तथा संस्थाको सहायक कर्मचारीश्री माया पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।







