नगरपालिकाको रसिद प्रयोग गरि अबैध रकम उठाउदै

शितगंगा नगरपालिकाले निधारण गरेको शुल्क भन्दा बढी राजस्व लिएर नियम बिपरित रसिद काटेको भेटिएको छ । नगरपालिकाले असार मसान्त सम्मका लागि करिव ३ लाखमा ठेक्का दिएको थियो । ठेक्दारलाई नगरपालिकाले प्रमाणित रसिद दिए पनि हाल प्रयोग भएको रसिद नगरपालिकाको प्रमाणित रसिद नभएको राजस्व शाखाका कमल पन्थीले जानकारी दिनु भयो ।

रसिद अनुसार लु ३ प ३०८९ नम्बरको मोटरसाइकलको नाममा परिणममा १ लेखिएको कुखुराको निकासी कर लिइएको छ ।शितगंगा नगरपालिको निकासी रसिद अहिले चर्चाको बिषय छ । गत बर्ष निकासीको ठेक्का गत असार ३२ गते सकियो त्यस लगतै ठेकदार पक्षले रसिद तथा राजस्व बुझाइ सक्नु पर्नेमा अहिले पनि अबैध रुपमा काटिएको हो या नगरपालिकाले काटेको भन्ने बिषयमा जानकारी लिने क्रममै राजस्व शाखाका कमल पन्थीका अनुसार यो नगरपालिकाले काटेको रसिद हैन रेकर्ड अनुसार गत बर्षको हो तर रसिद नम्बर ३३९  गत बर्ष असोजमा भएको ठेक्काका आधारमा पनि यो बर्ष समय सकिए पछि पनि ठेकलारले खुलेयाम रसिद काटेको प्रमाणित छ । यस बिषयमा प्रहरीमा समेत जानकारी गराइएको छ प्रहरीले अबैध रसिदको बिषमा अनुसन्धान गरिरहेको इप्रका ठाडाका प्रहरी निरिक्षक दिपक सिंह बिष्टले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?