नेपाल कम्युनिस्ट पार्टी (एमाले ) जिल्ला कमिटी अर्घाखाँचीकाे प्रथम पूर्ण बैठक सम्पन्न

 

हिम लेकाली / भाद्र १३ ,सन्धिखर्क

नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे प्रथम पूर्ण बैठक सन्धिखर्कमा  बिहिबार सम्पन्न  भएकाे छ । पार्टी अध्यक्ष पिताम्बर भुसाल काे अध्यक्षता सचिव ताेज बहादुर रायमाझी  ( बिधान ) काे सन्चालन र उपाध्यक्ष सम्भु प्रसाद पाेख्रेल काे स्वागतमा नेकपा  एमाले केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज बाेम बहादुर बि.क.काे प्रमुख अातिथ्यतामा बैठक  सम्पन्न  भएको  हाे । बैठकमा  केन्द्रीय कमिटी सदस्य तथा भारत प्रवास ईन्चार्ज  हरि घिमिरे , लुम्बिनी  प्रदेश अध्यक्ष राधाकृष्ण कणेल ,नेकपा एमाले सल्हाकार परिषद सचिवालय सदस्य लक्षमण रायमाझी ,सल्लाहकार परिषद सद्स्य नरेन्द्र कुमार क्षेत्री ,जनार्दन खनाल ,भोजबहादुर शाह, पार्टी प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी लगाएतले  मन्तब्य राख्दै बैठकले पारित गरेका निर्णयहरू  र  प्रदान गरेकाे    जिम्मेवारी अनुशासित रूपमा कार्यन्वयन  गर्न निर्देशन गर्नु भएको थियाे ।बैठकमा   नेकपा एमाले प्रदेश समन्वय कमिटी सद्स्य चुरामणी खनाल , प्रदेश सदस्य कुट्मदिन अलि ,के .बि भुसाल ,वसन्त कुमार श्रेस्ठ ,भिम के. सि ,बसन्ता पौडेल ,मनिशर्मा पन्थी ,लुम्बिनी प्रदेश सल्लाहाकार परिषद सद्स्य दलबहादुर भट्टराई ,धुर्ब पाण्डे ,बाबुराम आचार्य ,कासिराम अाचार्य  लगायतको आतिथ्यतारहेको थियो । बैठकले गत जेठ २६ र २७ गते सम्पन्न  नबौ जिल्ला अधिबेशनको समिक्षा , पार्टी संगठित सदस्यताकाे स्थितिकाे बिष्लेशण ,पालिकाकामिटिहरुको जिम्मेवारी प्रदान ,जिल्ला  कमिटी सदस्यहरुको कार्य बिभाजन ,जनसंगठन,  बिभाग ,शाखा  कमिटीहरू, र  वडा कमिटीहरूकाे  ईन्चार्ज र सह ईन्चार्ज तोकेको छ ।   त्यसैगरि जिल्ला कमिटी पदाधिकारी र १ नम्बर क्षेत्रको संयोजक रामबहादुर रायमाझी , २ नम्बर क्षेत्रको संयोजक युबराज श्रेष्ठ ,कार्यालय सचिब लिलबहादुर बिक रहेको ८ सदस्य सचिवालय समेत गठन गरेको छ । पालिका अधिबेशन अशौज मसान्त  भित्र ,  ६१ वटै वडाको अधिबेशन कात्तिक मसान्तसम्म र अबधिपुगेका जनसंगठनहरुको अशौज १०  सम्म अधिवेशन  सम्पन्न गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?