हावाहुरीले शितगंगा १ मा ठुलो क्षति

गत सनिवार साझँ पानी सँगै आएको हावाहुरीले शितगंगा १ मा बिभिन्न घरमा क्षति पुराएको छ । हुरीले मन्दे्र,सुवर्णखालमा १२ घरका धुरीनै उडाएको छ। बर्खा आए पछि घर पुर्ण क्षति भए पछि स्थानिय पिडित बनेका छन । वडा अध्यक्ष मान बहादुर सिंजापतिले २० गते बिहानैबाट पिडितहरुको बिबरण संकलन तथा प्रहरी मुचुल्का बनाएर सहयोगका लागि सिफारिस गरि सक्नु भएको छ । अन्य वडाहरुमा समेत हाबाहुरीले क्षति पुराएको छ वडा नम्बर १४ मा स्कुलको छत उडाएको छ भने जनताका घरमा समेत क्षति भएको छ वडा नम्बर २ मा समेत ३ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायव निरिक्षक शालिकराम खनालले जानकारी दिनु भयो । पिडितहरुो समयमै उद्धार र राहतको लागि नगरपालिकामा वडाहरुले बिबरण पठाइसकेका छन तर जिल्ला प्रशासन तथा नगरपालिाकाले तुरुन्त राहत उपलब्ध नगराएमा बर्खामा पिडितहरुले अप्ठेरोमा पर्ने भएकोले तुरुन्त उद्धारमा सहयो गर्न पर्ने पिडितको भनाइ रहेको छ । बिवतमा परेकाहरुलाई प्रकृतिहेरेर जिल्ला प्रशासन कार्यलयले आर्थिक सहयोग गर्ने गरेका छ भने नगरपालिकाले समेत मुचुल्काका आधारमा आवस्यक सहयोग गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

शितगंगामा बजार अनुगमन, कमजोरी सुधार गर्न निर्देशन

छुटाउनुभयो कि ?