२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

बाँदर नियन्त्रणबारे नागरिकसँग अन्तरक्रिया

बाँदर तथा अन्य वन्यजन्तुहरूबाट कृषिबाली जोगाउन अपनाइने प्रविधिबारे शितगंगा नगरपालिका  वडा नम्बर ३ मा वडास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हिमालयन माउन्टेन एभरेस्ट टावर कम्पनी काठमाडौले सौर्य ऊर्जामार्फत १२ भोल्ट करेन्ट प्रवाह गर्ने प्रविधि प्रस्तुत गर्दै बाँदर तथा अन्य बन्यजन्तु नियन्त्रणका उपायबारे जानकारी गराएको थियो।

वडा अध्यक्ष चिन्ताराज अधिकारी को नेतृत्व तथा स्थानीय अगुवा केदार बेल्बासे को सक्रियतामा आयोजित कार्यक्रममा किसान, जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीका प्रतिनिधि राजेन्द्र श्रेष्ठ ले प्रस्तुत प्रविधि पूर्ण रूपमा सुरक्षित रहेको दाबी गर्नु भयो  उहाँ अनुसार यो करेन्टले बाँदर वा अन्य जनावरलाई मार्ने होइन, तर हल्का झड्का दिनेछ, जसले गर्दा तिनीहरू डराएर त्यहाँबाट टाढिन्छन् र पुन: त्यही ठाउँमा जान हिचकिचाउँछन्। प्रविधि सफल भएमा किसानहरूले आफ्नो बालीनाली सुरक्षित राख्न सक्ने अपेक्षा गरिएको छ।अन्तरक्रियाका क्रममा किसानहरूले मुख्य रूपमा लागत, प्रभावकारिता तथा दीर्घकालीन समाधान बारे जिज्ञासा राखे। धेरै किसानले यदि प्रविधि प्रभावकारी भएमा वडास्तरबाट केही आर्थिक सहयोगको अपेक्षा गरेका थिए।

वडा सदस्य राजकुमार श्रेष्ठ ले कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडाले लागत सहभागितामा सहयोग गर्न सक्ने बताउनु भयो । किसानहरूले यस प्रविधिले साँच्चै बाँदर नियन्त्रण गर्न सक्ने हो वा होइन भन्ने बारे थप परीक्षणको आवश्यकता रहेको बताएका थिए।

वडा कार्यालयले बाँदर नियन्त्रणका लागि दीर्घकालीन समाधान आवश्यक रहेको बताउँदै उक्त प्रविधि परीक्षणका लागि वडास्तरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ। वडाले लागत सहभागितामा सहयोग गर्न सक्ने भए पनि प्रविधि प्रभावकारी हुनुपर्ने स्थानीय सरोकारवालाहरूको माग रहेको छ।
यस अन्तरक्रियापछि वडाले किसानहरूको मागलाई मध्यनजर गर्दै थप छलफल तथा परीक्षणका आधारमा निर्णय लिने बताएको छ। कम्पनीले पनि केही ठाउँमा प्रायोगिक रूपमा प्रविधि जडान गरी प्रभावकारिता परीक्षण गर्ने प्रस्ताव राखेको छ।
बाँदर आतंकले कृषकहरूलाई ठूलो आर्थिक क्षति पुर्‍याइरहेका बेला, यदि यो प्रविधि सफल भएमा किसानहरूले ठूलो राहत पाउने विश्वास गरिएको छ।

वडा सचिव मिना पन्थीको सञ्चालन तथा वडा अध्यक्ष  चिन्तराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न  भएको हो । भोलि देखि प्राबिधिक सहितको टिमले वडाको अवलोकन  गरि आर्थिक प्रस्ताव  पेस गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • हाँस्यास्पद (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

पिताम्बर भुसालको जिल्लाबासीमा आग्रह सबैले मतदान गरेर सहयोग  गर्नुस

0

पिताम्बर भुसाललाइ  भोट हाल्न टोप बहादुर रायमाझीको जिल्लाबासी लाई आग्रह

0

३ बर्ष भित्र फेरि चिनि मिल सञ्चालन  गर्छु : बिरेन्द्र कनौडिया

0

उखु किसानको रकम कानमा छोपेर उठाइन्छ : प्रचण्ड

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?