प्राबिधिकद्धारा अनुगमनमा तिव्रता

शितगंगा नगरपालिकाले चालु आर्थिक बर्षका योजनाहरु सम्पन्न गर्ने क्रममा छन । नगरपालिकाको बजेटबाट हाल २ वटा सडक कालोपत्रे नगरकै गौरवको आयोजनाको रुपमा छन हाल अमराई पोखेडाँडा जुकेना सडकको केही भाग सडक कालोपत्रेको काम हुँदै छ भने भेडामारा सिमलपानी सडकको केही माग कालोपत्रे हुँदै छ भने केही स्थानमा आरसिसि ढलान तथा पक्की नाली लगायतका योजनामा तिव्र रुपमाकाम भइरहेको छन । शितगंगा नगरपालिकामा ६ सय बढी योजना छन अधिकांस योजना असार लाग्दा सकिने हुँदा प्राबिधिक जनशक्ती कमि रहेकोले अनुगमन लगायतका काममा कष्ट हुने गरेको इञ्जिनियर बिबेक केसीले बताउनु भयो अहिले प्राबिधिकहरुले बिदाको दिन समेत मुल्यांकन तथा अनुगमन तथा नापजाँच गरिरहेको इञ्जिनीयर नारायण पाण्डेले बताउनु भयो ।

ठुलो भुगोल भएकोले एकै दिन धेरै योजना सम्म पुग्न समस्या हुने गरेको प्राबिधिकहरुको गुनासो छ । अधिकांस योजना आर्थिक बर्षको अन्त्यमा हुने हुँदा पनि अन्तिम समयमा कामको लोड बढी हुने गरेको प्राबिधिकरुको भनाइ छ । नगरपालिकाले अधिकांस योजनाहरु सम्पन्न गर्ने योजनान छ । आगामी आर्थिक बर्षको बजेट समेत प्रस्तुत गर्ने समय आएकोले पुराना योजनाहरु समयमै सम्पन्न गर्न योजना शाखाले समेत उपभोत्ता समिति तथा निमार्ण ब्यावसायीहरुलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?