महायज्ञको पुर्व सन्धामा मोटरसाइकल र्याली फोटोहरु

ज्योती भबिश्वर बहुमुखी क्याम्पसको आयोजनमा हुने महायज्ञको पुर्व सन्धामा मोटरसाइकल र्याली गरिएको छ । तयारीको सम्पुर्णकाम सम्पन्न भएको आयोजक संस्था ज्योती भबिश्वर बहुमुखी क्याम्पसका अध्यक्ष कुमार केशव बेल्बासेले जानकारी दिनु भयो । यस्तै आजनै मयायज्ञ परिशरमा दिपप्रन्वलन गरिनेछ भोली १२ बजे महायज्ञको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य रामजी घिमिरेले उद्धघाटन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख बिष्णु भट्टराईले जानकारी दिनु भयो ।
भोली उद्धघाटनमा कलस यात्रा सहित बिभिन्न संघसस्थाको झाँकी तथा बजा सहित र्याली गरिने छ ।महायज्ञमा प्रमुख वाचक प्रमुख कथा बाचक विश्व बिख्यात बाल योगेश्वोर श्री बिजय कृष्ण मुर्तीजी महाराजको मुखार बिन्दु बाट कथा प्रबचन हुने छ । भने हरेक दिन सन्धा आरती बिभिन्न कलाकारबाट भजन तथा नाट्य प्रदशनहरु ह्ुने छन । महायज्ञको लागि मंच निमाण , १०८ सालिग्राम प्रर्दशन स्थल, हवन कुण्ड धनधन्याञ्चल यज्ञ गौशाला निमार्ण लगायतका काम सम्पन्न भएको छन । महायज्ञ स्थलमा साजसज्जाबाट सजाएर आर्कषण बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?