शितगंगा नगरपालिका वडा नम्बर १४ करेचुलीमा सवारी दुर्घटना एक जनाको मृत्यु

शितगंगा नगरपालिका वडा नम्बर १४ करेचुलीमा लु ६ ज ७९३२ नम्बरको जिपले लु ६ प ५९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज दिउसो करेचुलीबाट फर्कने क्रममा ओरालोमा जिपको ब्रेक फेल हुँदा अगाडी रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिपले मोटरसाइकललाई ठक्कर दिए पछि दुबै सवारी सडक बाट करिव सय मिटर तल खसेको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी नायव निरिक्षक सालिकराम खनालले जानकारी दिनु भयो । दुर्घटनामा कपिलबस्तुको सुद्धोधन गाउपालिका एक निवारी २८ बर्षिय नियाज मुसलवानको घटना स्थलमै मृत्यु भएको छ भने जिप चालक रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका ११ का सनिउल्लाह मुसलवानको खुट्टामा चोट लागेको छ उनको लुम्बिी प्रदेशिक अस्पताल बुटवलमा उपचार भइरहेका प्रहरीले जनाएको छ । जिपमा सवार अन्य सकुसल रहेका प्रहरी नायव निरिक्षक खनालले जानकारी दिनु भयो घटनाका थप अनुसन्धान भइरहेको छ सवको ठाडा प्राथमिक उपचार केन्द्रमा पोष्टमाटम भइ आफन्तको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?