शितगंगा नगरपालिकामा आजबाट घुम्ति शिविर सन्चालन

न्यूजपाना , शितगंगा

शितगंगा नगरपालिकाले नगरबासीको आवश्यकतालाई मध्यनजर गर्दै फागुन २१ गते देखी विभिन्न ठाउँमा घुम्ति शिविर सन्चालन गरेको छ । आज शितगंगा नगरपालिका वडा न ६ र ७ लाई पायक पर्ने ठाँउ शिवादहमा सन्चालन गरेको थियो । आज सन्चालन भएको घुम्ती शिविरमा स्वास्थ्य तर्फ ५४ जना को VIA ( पाठेघर को मुखको क्यान्सर जाँच गर्दा ५ जना को VIA जाँच पोजेटिभ आएको थियो , ८ जना को पाठेघर सम्बन्धी उपचार , ३ जना पाठेघर खसेका बिरामिलाइ रिङ पेसरी राखिएको , २४ जना क्षयरोग परीक्षणको लागी खकार नमुना संकलन ,४ जना लाई परिवार नियोजनको लामो साधन इम्प्लान्ट सेवा प्रदान गरिएको थियो । करिब १५० जना सेवा लिन आउनु सेवाग्राहि लाई परामर्श लगाएत सेवा प्रदान गरीएको थियो । यस्तै कृषि तथा पशुपंक्षी तथ्यांक अधावधिकमा वडा न ६ बाट ३२ र वडा न ७ बाट १७ गरी जम्मा ४९जना कृषकले सेवा प्रदान गरीएको छ ।

अपांगता परिचयपत्र वितरणमा ख वर्ग का ३ , ग वर्ग का ३ , घ वर्गका ११ र १ नविकरण गरी अपांगता परिचयपत्र १८ जना लाई , जेष्ठ नागरीक परीचयपत्र २२ जना लाई वितरण गरीएको थयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम संचालन गरिएको जस्मा प्रधानमन्त्री रोजगार कार्यक्रको बारेमा जानकारीका साथै बेरोजगार सुचिमा सचिकृत हुन बेरोजगार फर्म समेत शिविरमा नै भरीएको छ ।

शितगंगा नगरपालिकाले आयोजना गरेको घुम्ति शिविर फागुन २२ वडा न ८ र ९ का लागी वडा न ८ को वडा कार्यालय ,लाहेपमा र २३ गते वडा न ९,१०,११ का लागी वडा न १० को वडा कार्यालय हर्रेमा सन्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?