चन्द्रौटा महोत्सब २ दिन थप , पुष २६ गते सम्म सन्चालन

कपिलबस्तुको चन्द्रौटामा सन्चालीत आठौ चन्द्रौटा कृषि , पर्यटन तथा औधोगिक प्रदशनी महोत्सव दुई दिन थप भएको छ । महोत्सव पौष २६ गते बिहिवार गते सम्म सन्चालन हुने आयोजक सस्था चन्द्रौटा उधोग बाणिज्य सघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो । पौष २६ गते बिबिध सास्कृतिक कार्यक्रम सहित समापन हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।
पुस २४ गते मंगलबारका दिन चर्चित आधुनिक तथा पप गायीका आस्था राउत ,डान्स आइडल निर्णायक करिष्मा ढकाल , लोक तथा दोहोरी गायक विधान कार्की , लोक तथा दोहोरी गायीका संगिता चितैरेको प्रस्तुति रहने संयोजक इश्वरी प्रसाद पाण्डेले जानकारी दिनु भयो ।
८ ओै चन्द्रौटा महोत्सवमा दर्शकको उत्शाहजनक सहभागिता बढेको छ ।कलाकार हरु सग दर्शक झुमि रहेका छन । महोत्सवमा कृषि उत्पादन ,हस्तकला,देखि नर्सरी सम्मका स्टल छन । महोत्सवमा आयोजक उद्योग बाणिज्य संघले स्थानिय स्टल तथा कृषि स्टललाइ छुट दिएकोले आकर्षण बढेको छ । चन्द्रौटा महोत्सवमा स्थानिय महिला समुहहरुले आफै उत्पादन गरेको अचार बिक्रि गरिरहेका छन । महिलाहरुले उत्पादन गरेका विभिन्न स्टल महोत्सवमा रहेका छन । साथै महोत्सवमा बाल उद्यान लगायतका मनोरञ्जनमा सामाग्रीमा उत्साह जनक सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?